७ वैशाख २०८१ शुक्रबार
खेल

हैदरावादको प्लेअफ यात्रा कठिन

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) मा हैदरावादको प्लेअफमा पुग्ने अवस्था कठिन बनेको छ। शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई चार विकेटले पराजित गरेपछि प्लेअप यात्रा कठिन बनेको हो। अब हैदरावाद प्लेअफमा पुग्नका लागि कोलकाता नाइट राइडर्स पराजित हुनु पर्छ। यता, कोलकाता प्लेअफमा पुग्नका लागि पनि अन्तिम खेलमा उसलाई जित्नै पर्ने हुन्छ।

शनिबार राति भएको खेलमा १७६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बेंग्लोरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। बेंग्लोरको जितमा सिमरोन हेटिमरले र गुरकित सिंहले उत्कृष्ट प्रदर्शन गरे। हेटिमरले ७५ र सिंहले ६५ रनको योगदान दिएपछि जित सम्भव भएको हो। बलिङतर्फ हैदरावादका खलिल अहमदले तीन विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा सात विकेटको क्षतिमा १७५ रन बनाएको थियो। हारपछि हैदरावादको १४ खेलबाट १२ अंक भएको छ। यता, यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको बेंग्लोरको १४ खेलबाट ११ अंक भएको छ।

प्रकाशित: २२ वैशाख २०७६ ०१:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App