coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चीनबाट किबीको बिरुवा आयात

चीनबाट आयात गरिएको किबीको बिरुवा। तस्बिर: नागरिक

सोलुखुम्बु - सोलुखुम्बुका किबी कृषकले चीनबाट उच्च गुणस्तरका किबीको बिरुवा आयात गरेका छन्। व्यावसायिक किबी खेतीका लागि जिल्लाका चार फार्मका कृषकले पाँच हजार पाँच सय हेवाड जातका गुणस्तरीय बिरुवा आयात गरेका हुन्।
आयातित बिरुवालाई माउ बिउको रुपमा विकास गर्ने तयारी गरिएको छ।

बजारमूखी बिरुवा भएकाले नयाँ बिरुवा उत्पादनका लागि पनि राम्रो स्रोत हुने बागवानी केन्द्र फाप्लुका वरिष्ठ बागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताए। ‘किबी कृषककै पहलमा पहिलो पटक चीनबाट उच्च गुणस्तरको किबीको बिरुवा भित्रिएको छ,’ किबी विज्ञसमेत रहेका श्रेष्ठले भने, ‘यसले व्यावसायिक खेतीमा ठूलो टेवा पुग्नेछ। चीनबाट बिरुवा आयात गरिएको यो नै पहिलो पटक हो।’

चीनबाट नेपाल भित्रिएको १० हजार बिरुवामा तीन हजार पाँच सय रामेछाप र एक हजार पाँच सय बिरुवा रुकुम निर्यात गरिएको छ। राष्ट्रिय फलफूल विकास केन्द्रले अनुदानका लागि छनौटमा पारेको चार वटा किबी फार्मले सोलु भित्रिएका बिरुवा लगाउने छन्।

विकास केन्द्रले दिदीबहिनी कृषि प्रालि टाप्टिङ, टाप्टिङ पिके जडीबुटी प्रशोधन केन्द्र, चाँगेस्थान एग्रोफार्मिङ प्रालि केरुङ र सेतिदेवी फलफूल फार्म तामाखानीलाई छनौट गरी ७० प्रतिशत अनुदान रकम उपलब्ध गराएको छ।

प्रस्तावनामा उल्लेखित रकमको ३० प्रतिशत लगानी भने फार्म सञ्चालकले गर्नुपर्ने प्रावधान रहेको छ। ती कृषकलाई व्यनवसायिक किबी खेतीका लागि ५० लाखभन्दा बढी रकम अनुदान प्रदान गरेको बागवानी केन्द्र फाप्लुले जनाएको छ।
छनौटमा परेका फार्मको किबी खेती गर्ने क्षेत्रको अनुगमनसमेत गरिएको छ। राष्ट्रिय फलफूल विकास केन्द्रका प्राविधिक सहायक भगवति न्यौपाने, लेखापाल सरिता अधिकारी र कर्मचारी नानु थापाले चारवटै फार्मको अनुगमन निरीक्षण गरेका हुन्।

प्रकाशित: २२ वैशाख २०७६ ००:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App