८ वैशाख २०८१ शनिबार
राजनीति

‘मेरो सरकार’ अन्तर्राष्ट्रिय अभ्यास : प्रधानमन्त्री

फाइल तस्बिर

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अन्तर्राष्ट्रिय अभ्यास भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको दाबी गरेका हुन्।

‘म मेरो देश भन्छु। मैले मेरो देश भन्दा अरूको होइन भनेको हो र रु मेरो देश, मेरो राष्ट्रिय गान, मैले बनाएको मेरो मात्र हो र रु तर, यो मेरो राष्ट्रिय गौरवको विषय हो,’ प्रधानमन्त्रीले भने, ‘मेरो सरकार’ को अर्थलाई बृहत् र सामूहिक रुपमा बुझ्ने प्रयास गर्नुपर्छ।’

‘छिमेकी मुलुक भारतमा रहेको प्रचलन पनि हामीले थाहा नपाउँदा अचम्म लागेको छ। भारतमा अर्को पार्टीको सरकार हुँदा पनि राष्ट्रपतिले ‘माई गभर्मेन्ट’ भन्ने चलन छ।’

राष्ट्रपति देशको अभिभावक भएको बताउँदै प्रधानमन्त्रीले थपे, ‘यसमा अन्यथा मान्नुपर्ने आवश्यकता छैन। राष्ट्रपतिको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो।’ राष्ट्रपति राष्ट्र प्रमुख हो, संस्था हो। मैले व्यक्तिको कुरा गरिराखेको छैन। त्यसैले राष्ट्रपतिको हैसियतमा यो राष्ट्रपतिकै सरकार हो। यो जननिर्वाचित सकार हो र उहाँले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नुभएको हो,’ प्रधानमन्त्रीले भने। यस्तो अन्तर्राष्ट्रिय अभ्यासबारे बौद्धिक जगत तथा मिडिया बेखबर जस्तै बन्दा आश्चर्य लागेको उनले बताए। ‘धेरै परको कुरा छाडौं। संसारभरिका कुरा छाडौं, अन्य मुलुकका कुरा पनि छाडौं। छिमेकी मुलुक भारतमा चलेको प्रचलन पनि हामीले थाहा नपाउँदा अचम्म लागेको छ। भारतमा अर्को पार्टीको सरकार हुँदा पनि राष्ट्रपतिले ‘माई गभर्मेन्ट’ भन्ने चलन छ। भारतका धेरै राष्ट्रपतिले धेरैपटक ‘माई गभर्मेन्ट’ भनेका छन्। त्यहाँका राष्ट्रपतिले के डेमोक्रेसी नबुझेर यस्तो भनेका हुन् रु अनि हाम्रो देशमा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा राजतन्त्रको झल्को आउने रु भारत पनि गणतन्त्रात्मक मुलुक हो। तर, हामी भर्खर राजतन्त्रात्मक शासन प्रणालीबाट गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेकाले बौद्धिक जगतलाई राजतन्त्रको झल्को लागेको हो। यसमा झल्को लाग्नुपर्ने कुनै आवश्यकता छैन।’

प्रधानमन्त्री ओलीले एक्काइसौं शताब्दीमा संसारभरका लोकतान्त्रिक संसद्मा सम्बोधन गर्दा ‘माई गभर्मेन्ट’ नै भन्ने गरेको उल्लेख गर्दै भने, ‘राष्ट्रपतिले कसको सरकार भन्ने रु के निबन्ध पढ्ने रु राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुभयो भनेर आलोचना गर्नेहरूले आजको दुनियाँ थाहा पाउनुप¥यो। ‘मेरो सरकार’ भन्ने हैसियत राखेरै राष्ट्रपति संसद्मा सम्बोधन गर्न आउनुहुन्छ। उहाँ राष्ट्रको अभिभावक हो। संविधानको संरक्षक हो। के हामीले स्थापना गरेको प्रणालीको गरिमा बुझेका छैनौं रु मेरो सरकार भन्नु सामान्य अभ्यास हो।’

प्रधानमन्त्री ओलीले मिडियाले सार्थक बहसको नेतृत्व गर्नुपर्ने बताए। ‘राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा नागरिकबाट निर्वाचित राष्ट्रपतिको गरिमा नबुझेको हो कि राजतन्त्रात्मक मानसिकताबाट हामी मुक्त हुन नसकेको हो रु यस सम्बन्धमा सबैजनाले सार्थक बहस गर्न जरुरी छ। मिडियाले सार्थक बहसको नेतृत्व लिनुपर्छ,’ ओलीले भने, ‘नागरिकबाट निर्वाचित राष्ट्रपतिसँग चित्त नबुझेको हो कि रु सञ्चार माध्यम भनेको बौद्धिक क्षेत्रको लिडर हो ठीक ढंगले डो¥याउन सञ्चार माध्यमले भूमिका खेल्नुप¥यो।’ संसद्को संयुक्त बैठकमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले २१ पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गरेकी थिइन्।

‘आलोचना गर्नुपर्ने विषय छैन’
प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका विषयमा आलोचना गर्नुपर्ने विषय नै नभएको दाबी गरे। ओलीले विरोधका लागि मात्रै विरोध गर्ने परिपाटी ठीक नभएको पनि बताए। ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा कहाँ अस्पष्टता छ त्यो बताउँदा उचित हुन्छ,’ उनले भने, ‘त्यही भएर तर्कसंगत सुझाव अपेक्षा गरिन्छ। सरकारको कमजोरी नबताई समग्र कार्यक्रमका विषयमा आलोचना गर्नु ठीक होइन।’

विकास निर्माणका कार्यमा सरकारले द्रूततर काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भेरी–बबई सुरुङ मार्ग त्यसको नमुना भएको दाबी गरे। ‘सरकारले विकास निर्माणका कार्यमा ढिलासुस्ती ग¥यो भन्ने आरोप लगाउनेलाई म भेरी–बबई सुरुङ मार्ग निर्माणमा भएको प्रगति हेर्न अनुरोध गर्छु,’ प्रधानमन्त्री ओलीले त्यस क्रममा भने। नेपालको आर्थिक वृद्धि ६ दशमलव पाँच प्रतिशतका हिसाबमा भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्ने मात्र नभई काम पनि हेर्न सञ्चारमाध्यमलाई आग्रह गरे। ‘आफ्नो त विरोध गर्नु नै काम हो भन्नुभएन, सहीलाई सही र गलतलाई गलत भन्नुपर्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार सच्याउन पनि तयार हुन्छ। राष्ट्रलाई विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको प्रमुख भूमिका छ।’

‘पपुलिस्ट कुरा गरेको छैन’
प्रधानमन्त्री ओलीले तथ्यका आधारमा आफूले भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरा गरिरहेको दाबी गरे। ‘हिजो समयमै काम नगर्ने प्रवृत्ति थियो। सबैभन्दा बढी ठेक्का पार्ने अनि समयमै काम नगर्ने, विभिन्न कानुनी कारण देखाएर राज्यबाट पैसा लिने काम हुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘तोकिएको समयमा गुणस्तरीय काम गर्नुपर्छ। उचित कारणबाहेक कसैलाई पनि यसमा छुट छैन।’ काममा ढिला गर्ने कर्मचारीलाई समेत कारबाही गर्ने संकेत गर्दै प्रधानमन्त्री ओलीले रोग पत्ता लगाएर त्यसको उचित उपचार गर्ने बताए।

राष्ट्रपतिका नीति तथा कार्यक्रम वार्षिक अभ्यास भए पनि त्यसमा उल्लेखित लक्ष्य आफ्नो पाँच बर्से कार्यकालमा पूरा हुने प्रधानमन्त्रीको भनाइ छ। विगत एक वर्षमा सबै क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले आर्थिक वृद्धिदर सात प्रतिशत रहेको दाबी गरे।

वाइड–बडी काण्ड तथा बालुवाटार जग्गा अतिक्रमणको विषय आफ्नै सरकारका पालामा बाहिर आएको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही गरिने बताए। ‘यो सरकारले छानबिन गरेर बाहिर ल्यायो, अब दोषीमाथि कारबाही हुन्छ,’ ओलीले भने। ३८ किलो सुन प्रकरण अर्कै सरकारका पालामा भए पनि आफ्नो नेतृत्वको सरकारले त्यो विषयलाई उजागर गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘सुनकाण्डसँग सम्बद्ध केही व्यक्ति कारबाहीमा पनि परेका छन्, अन्य पनि पर्छन्,’ प्रधानमन्त्रीले भने। जुन सरकारले यी विषयलाई बाहिर ल्यायो त्यही सरकार त्यसको कोपभाजनमा पर्नु दुःखद् भएको ओलीको गुनासो छ। ‘मान्छेहरू कानुनी दायरामा आएका, पक्राउ परेका छन्। केही ठूला माछा केही साना माछा तथा केही भरिया पनि पक्राउ परेका छन्,’ प्रधानमन्त्री ओलीले भने ‘अख्तियारमा बसेर भ्रष्टाचारमा संलग्न हुनेलाई पनि यही सरकारले कारबाहीको दायरामा ल्याएको छ।’

प्रधानमन्त्रीले आफू कहिल्यै पनि क्षेत्र केन्द्रित राजनीतिमा नअल्मलिएको बताए। आफूले गृहमन्त्री भएदेखि नै क्षेत्र केन्द्रित नभई राष्ट्र केन्द्रित भएर राजनीति गरेको दाबी पारे। ‘२०४८ सालमा झापाको जुन क्षेत्रबाट निर्वाचित भएँ, त्यतिबेला संसद्मा त्यसको विषयमा कुरा उठाएँ, बजेट पनि मागें योजना पनि बनाएँ तर जब २०५१ सालमा तत्कालीन एमालेका तर्फबाट गृहमन्त्री भएयता मैले क्षेत्र केन्द्रित भएर मात्रै विकास निर्माणको कुरा गरेको छैन। मैले राष्ट्र केन्द्रित भएर काम गरेको छु,’ ओलीले भने।

राष्ट्रिय योजना आयोगको प्रसङ्मा ओलीले आयोगको अध्यक्ष प्रधानमन्त्री आफंै हुने भएकाले अध्यक्षले उपाध्यक्षसामु निवेदन हाल्न जाने कुरा नहुने स्पष्ट पारे। ‘मेरै सचिवालयको टिमबाट झापाको मेरै क्षेत्रका कोही साथीले मेरो जानकारीविना योजनाको पत्र पु¥याउनुभएछ,’ उनले भने, ‘जब त्यो कुरा मैले थाहा पाएँ त्यसपछि तुरुन्तै गल्ती भयो भनेर भनिसकें। भुलवश त्यस्तो भएको विषयलाई फेरि पनि जोडिरहनु जरुरी छैन। मसँग भएको संयन्त्रबाट त्रुटि भयो यसमा मैले नै माफी मागिसकेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यो पत्र मेरो निजी सचिवालयले मेरो जानकारी र संलग्नताविना योजना आयोगलाई पठाएको रहेछ, जुन वान्छनीय थिएन, उचित थिएन।’

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा योजना पार्न भन्दै सूचीसहित निजी सचिवालयबाट राष्ट्रिय योजना आयोगमा भूलवश चिठी गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार बताएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको लेटरप्याडमा प्रधानमन्त्रीको निजी सचिवालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई सम्बोधन गरेका योजना माग गरिएको थियो। सो कुरा सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री आफैंले सञ्चारकर्मीसामु आफ्ना संयन्त्रबाट त्रुटि भएको बताएका थिए। प्रधानमन्त्रीको झापा ५ नम्बर क्षेत्रको सांसद सम्पर्क कार्यालयबाट योजना सिफारिस भई आएकाले ती योजनामा प्राथमिकताका साथ बजेट पार्ने उल्लेख थियो।

भूलवश पठाइएको भनिएको सो पत्रमा बजेट पार्नुपर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, सहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका योजना समावेश थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले हस्ताक्षर गरेको योजनाको सूचीसहितको पत्र चैत २९ गते योजना आयोगलाई पठाइएको थियो।

प्रधानमन्त्रीको क्षेत्रमा भ्युटावर निर्माण, ढल निर्माण, सडक कालोपत्रे, खेलमैदान निर्माणजस्ता योजना प्राथमिकतामा थिए। योजनाको नाम, ठाउँ र अनुमानित बजेटसमेत पत्रमा खुलाइएको थियो भने कुनै डिपिआर भएका र कुनै नयाँ योजना समावेश थिए। पत्र सार्वजनिक भएपछि प्रधामन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पत्र सार्वजनिक गर्नेलाई छानबिन गरेर कारबाही गर्नेसमेत बताएका थिए।

प्रकाशित: २२ वैशाख २०७६ ००:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App