coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

उपाधिमाथि आर्मीको कब्जा

उपाधिका साथ त्रिभुवन आर्मी

सुर्खेत  - विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक कर्णाली प्रिमियर लिग (केपिएल) को उपाधिमाथि कब्जा जमाएको छ। शनिबार वीरेन्द्रनगरको कालिन्चोक मैदानमा सम्पन्न फाइनलमा आर्मीले न्यू होराइजन बुटवललाई ५९ रनले पराजित ग-यो। जितसँगै आर्मीले पाँच लाख रुपैयाँ हात पा-यो।

उपविजेता न्यू होराइजनले दुई लाखमा चित्त बुझायो। फाइनल खेलमा टस जितेर व्याटिङ रोजेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो। आर्मीका लागि हरिबहादुर चौहानले सर्वाधिक ५६ रन बनाए। उनले सात चौका प्रहार गरेका थिए। ओपनर राजु रिजालले ३४ रन बनाए।

अनआउट हुनुअघि राजुले ३६ वलमा एक चौका र दुई छक्का प्रहार गरेका थिए। आठौं नम्बरमा व्याटिङ गर्न आएका भीम सार्कीले विष्फोटक व्याटिङ गरे। सात बलको सामना गरेका उनले तीन छक्कासहित २१ रन बनाए। न्यू होराइजनका विकाश श्रेष्ठले दुई तथा राहुल प्रजापति, विपिन खत्री र अखिलेश यादवले समान एक–एक विकेट लिए।

एक सय ४७ रनको लक्ष्य पछ्याएको न्यू होराइजन १८.३ ओभरमा ८७ रनमै समेटियो। माथिल्लो क्रममा व्याट्म्यान चल्न नसक्दा न्यू होराइजन सस्तैमा समेटियो। ओपनर सुनिल धमालाले ११ रन बनाउँदा अर्का ओपनर सुवेन्जु पाण्डे शून्यमा आउट भए। तेस्रो नम्वरमा व्याटिङ गर्न आएका अखिलेश यादव दुई रनमै आउट भए भने निश्चल चौधरीले १९ रन बनाए।

सातौं नम्वरमा व्याटिङ गर्न आएका विशाल सुनारले सर्वाधिक २६ बनाए। न्यू होराइजनलाई सस्तैमा रोक्न आर्मीका जितेन्द्र मुखिया र शाहब आलमले समान तीन–तीन विकेट लिए भने सुशन भारीले दुई विकेट लिए।

कर्णाली क्रिकेट एकेडेमीले आयोजना वैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टिमको सहभागी रहेको थियो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यू होराइजनका कप्तानसमेत रहेका शक्ति गौचन घोषित भए। उनले ५० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृष्ट ब्याट्सम्यान कर्णाली–११ का रविन्द्रजंग शाही तथा उत्कृष्ट बलर आर्मीका सुशन भारी घोषित भए। दुवैले जनही २०–२० हजार रुपियाँ प्राप्त गरे।

प्रकाशित: २१ वैशाख २०७६ १४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App