coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

थबाङपछि सुरक्षा अधिकारी होलेरीमा

होलेरीमा भएको सुरक्षा अधिकारीहरुको बैठक

रोल्पा - रोल्पामा एकै महिनामा विभिन्न जिल्लाका सुरक्षा अधिकारीहरुको २ पटक अलग अलग स्थानमा विशेष बैठक भएको छ।

विशेषगरी चन्द नेतृत्वको नेकपा गतिविधिमाथि र यस क्षेत्रमा भइरहेको चलखेललाई लिएर सुरक्षा निकाय संवेदनशील बनेको हाे।

वैशाख १४ मा रोल्पाको थबाङमा बसेको अन्तरजिल्ला संयुक्त सुरक्षा अधिकारीहरुको बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधि नियन्त्रण गर्नेसम्बन्धी साझा योजना बनाएको थियो।

बैठकमार्फत द्वन्द्व, तस्करी, अपराध, प्रकोप नियन्त्रण साथै विकास गतिविधिमा साझेदारी भूमिका निर्वाह गर्ने निर्णय गरेका थिए।

बैठकमा रोल्पा, रुकुमपश्चिम, रुकुमपूर्व र बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता थियो।

सुरक्षा अधिकारीहरु यी जिल्लामा बढ्दै गएको चन्द नेतृत्वको नेकपाको गतिविधिप्रति गम्भीर बनेका बताएका छन्। थबाङमा बैठक बसेको एक साता नबित्दै रोल्पा, दाङ, सल्यान र प्युठानका सुरक्षा अधिकारीहरुले रोल्पाकै होलेरीमा शुक्रबार अर्को बैठक गरेका छन्।

सुरक्षा संयन्त्रले संवेदनशील मानेको थबाङ समेतका क्षेत्रलाई केही समय अगाडि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले विशेष जिल्ला घोषणा गरेको छ। थबाङ बिशेष जिल्ला भए जस्तै उनिहरुले होलेरी आसपास क्षेत्रलाई पनि यसअघि नै विशेष जिल्ला घोषणा गरिसकेका छन्। सरकारी संयन्त्रले सुरक्षा चुनौतीका हिसाबले होलेरी क्षेत्रलाई पनि संवेदनशील मानेको छ।

‘गृहसचिव र प्रमुख जिल्ला अधिकारीसँग भएको कार्यसम्पादन सम्झौताबमोजिम सीमा जोडिएका जिल्लाका सुरक्षा निकायबीचको नियमित छलफल हो। यो अपराध, लागुऔषध नियन्त्रण, विपद व्यवस्थापनलगायत विषयमा समन्वयात्मक रुपमा काम गर्ने बैठक हो।’ रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले भने, ‘उक्त अन्तर जिल्ला समन्व बैठकमा सरकारले नियन्त्रण गर्ने भनिएका विषयमा समेत गम्भीर छलफल भएको थियो।’

 

प्रकाशित: २१ वैशाख २०७६ १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App