७ वैशाख २०८१ शुक्रबार
समाज

ड्युटीमा बसेका प्रहरीको मृत्यु

हुम्ला– जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत एक प्रहरीको आज बिहान मृत्यु भएको छ। प्रहरी कार्यालयमा ड्युटी बसेका दैलेख नारायण नगरपालिका १ घर भएका ३२ वर्षीय प्रहरी हवल्दार चन्द्रबहादुर खड्काको शनिबार मृत्यु भएको छ।

बिहान साढे ९ बजे एक्कासी हवल्दार खड्को जिल्ला प्रहरी कार्यलयमै डिउटीमा खटिएको समयमा एक्कासी बिरामी भए पछि उपचारको लागि जिल्ला अस्पताल हुम्लामा ल्याउने क्रममा बीच बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्तिमगरले बताए।

मृतक खड्का हृदयघातका कारण मृत्यु भएको हुन सक्ने जिल्ला अस्पतालले जनाएकाे छ। मृतक हवल्दार खड्का यस अघि पनि मुटु र प्रेसरको विरामी भएकोले नियमित औषधी प्रयोग गरिरहेको समेत प्रहरी नायब उपरीक्षक घर्तिमगरले बताए।

प्रकाशित: २१ वैशाख २०७६ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App