७ वैशाख २०८१ शुक्रबार
अन्य

यार्सागुम्बा संकलक फिर्ता

यार्सागुम्बा नपाइने भएपछि घर फिर्ता हुँदै सुर्मा गाउँपालिकाका यार्सागुम्बा संकलक। तस्बिरः नागरिक

बझाङ– यार्सागुम्बा टिप्न पाटन भएका संकलकहरू घर फिर्ता हुन् थालेका छन्। विगतका वर्षभन्दा यस वर्ष यार्सा कम पाइन थालेपछि उनीहरू घर फिर्ता हुन थालेका हुन्।

सुर्मा गाउँपालिकाको कुण्ड, पिरुओढार, तपोवन धनसरी, पाथी, जलजला र ढोडमा यार्सा पाइन्छ। यस वर्ष अहिलेसम्म जमेको हिउँ नपग्लिँदा यार्सा कम पाइएको सुर्मा गाउँपालिका–२, डोगडीका कलक बोहराले बताए। उनीसँगै १५ जना यार्सा संकलक घर फिर्ता भएका छन्। यहाँ गत वर्ष चैत २० गते बाटै यार्सा टिप्न सुरु गरिएको थियो। ‘३ सय ८९ यार्सागुम्बा  संकलन गरेको थिए,’ उनले भने, ‘यो वर्ष १० दिन बसेर पनि रित्तो हात फिर्ता भए।’ अब  हिउँ पग्लेपछि पुनः पाटनतिर जाने उनले बताए।

अहिलेसम्म पाटनमा हिउँ नपग्लेको यार्सा संकलक खडक बोहराले बताए। उनले गत वर्ष यार्साबाट ४ लाख ५२ हजार आम्दानी गरेका थिए। नेपालको सबैभन्दा राम्रो र उच्चस्तरको यार्सागुम्बा पाइने क्षेत्र सुर्मा र साइपाल गाउँपालिका क्षेत्रभित्रका करिब २१ वटा पाटनमा पाइने स्थानीय यार्सा ठेक्दार दानबहादुर सुर्मलीले बताए। अहिले जिल्लाको साइपाल गाउँपालिका, छबिसपाथिभेरा, दुर्गाथली र बुगल नगरपालिको लेकमा पनि यार्सागुम्बा संकलन भइरहेको छ।

 

 

प्रकाशित: २१ वैशाख २०७६ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App