७ वैशाख २०८१ शुक्रबार
राजनीति

'मेराे सरकार'प्रति कांग्रेसकाे आपत्ति, संशाेधन प्रस्ताव हाल्ने

काठमाडाैं–राष्ट्रपती विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा 'मेरो सरकार' भनेर सम्बोधन गरेको प्रती नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमप्रति आफ्नो धारणा तय गर्न बसेको कांग्रेस संसदीय दलको बैठकले राष्टपतिलाई कार्यकारी अधिकार सहितको बनाउने योजनामा सरकार लागेको आरोप लगाएको हो।

‘गत वर्ष राष्ट्रपति हुदा वहाँले नै 'यो सरकार/यस सरकार' जस्ता भाषा प्रयोग गर्नुभएको थियो तर यसपटक नीति तथा कार्यक्रममा ३ दर्जन बढि ठाउँमा 'मेरो सरकार' प्रयोग गर्नुभयो।' यसले राष्ट्रपतीलाई प्रधानमन्त्रीले कार्यकारीपदमा ल्याउन खोजेको होकी भन्ने संसय पैदा भएको छ।’  संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने 'मेरो सरकार भन्ने अभ्यास कि त कार्य कार्यकारी राष्ट्रपती भएको ठाउमा हुन्छ वा शाही शासनमा हुन्छ। बेलायतमा राजकुमारीले पनि यस्तै भन्ने अभ्यास छ। सैद्दान्तिक रुपमा यो गलत हो।'

कांग्रेसले नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्दलाई संसोधन गर्न संसोधन प्रस्ताब समेत हालेको छ। यस्तै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम जनताले चाहेजस्तो नभएको नेता खाँडले बताए। उनले नीति तथा कायर्एक्रम सपनाको पुलिन्दा मात्रै भएको आरोप लगाए । 'यो बजेट एक वर्षमा केके गर्ने भन्नेमा केन्द्रित भएको छैन यो १० वर्ष ५ वयर्षमा के गर्ने भन्ने मा केन्द्रित छ,' उनले भने, 'यो नीति तथा कार्यक्रमा सरकारले १ वर्षमा सरकारले केके गर्छ त्यो ल्याउन पर्छ।'

उक्त नीति तथा कार्यक्रमको प्रस्तुतीकरण पुराण जस्तै भएको कांग्रेसको आरोप छ। नीति तथा कार्यक्रमका छलफल भरी संसदमा उपस्थित हुन कांग्रेस सांसदलाई पार्टीले व्हीप जारी गरेको छ।

प्रकाशित: २१ वैशाख २०७६ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App