coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मौका परीक्षा सकियो, ३३ हजार ५ सय सहभागी

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले सञ्चालन गरेको कक्षा १२ को मौका परीक्षा सकिएको छ ।


कक्षा १२ मा एउटा विषयमा अनुतीर्ण भएका विद्यार्थीका लागि आज एकदिन सञ्चालन गरेको मौका परीक्षामा ३३ हजार पाँच परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए।

देशभरका ८७ परीक्षा केन्द्रबाट एकैसाथ सञ्चालन भएको उक्त परीक्षामा सबैभन्दा बढी अङ्ग्रेजी विषयमा ११ हजार विद्यार्थी सहभागी भएका थिए । यस्तै अर्थशास्त्रमा सात हजार, लेखामा तीन हजार तीनसयसहित अन्य विषयमा अनुत्तीर्ण भएका विद्यार्थीले मौका परीक्षा दिएका थिए ।

परीक्षाको नतिजा यही महिनाभित्र सार्वजनिक गर्ने अर्यालले बताए। रासस

प्रकाशित: ६ कार्तिक २०७३ १३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App