८ वैशाख २०८१ शनिबार
अन्य

पत्रकारिता सिकाउने पुस्तक

पत्रकारिताको पाठ्यसामग्रीका रूपमा एकराज पाठकको ‘आमसञ्चार र पत्रकारिता’ पुस्तक प्रकाशित भएको छ। पैरबी प्रकाशनले छापेको पुस्तकले सैद्धान्तिक ज्ञान फराकिलो बनाउन सहयोग पु-याउँछ।  

पत्रकारिता शिक्षा विस्तारित र विस्तृत बन्दै गएको छ। विसं २०३० को दशकबाट सुरु पत्रकारिता शिक्षाको विस्तारित गतिमा आवश्यक पाठ्यसामग्री, शिक्षण सामग्री र अनुसन्धानको कमी छ। अर्काे खाँचो पत्रकारिता शिक्षामा व्यावहारिक ज्ञानको छ। यसले त्यो खाँचो पूरा गर्न मद्दत गर्छ।

मिडियाका पाठ्यसामग्री पनि यथेष्ट पाइन्न। पाइए पनि तिनमा समय समयमा अद्यावधिक गरिएको भेटिन्न। पाठकको यो पुस्तकले स्नात्तक र स्नात्तकोत्तर तहको पाठ्यक्रमलाई सहयोग पु-याउँछ।
पुस्तकको भाषा सरल छ। शिक्षक र पत्रकारले पनि यसबाट ज्ञान लिन सक्छन्। समाचार कसरी लेख्ने भन्नेदेखि लिएर आलेख लेखनको राम्रो अभ्याससहितका सामग्री यसमा समावेश छन्। फिचर लेखनका लागि व्यावहारिक ज्ञान र सीप बढाउने खालका सामग्री पुस्तकमा छन्।

पुस्तकमा आमसञ्चार र पत्रकारिता क्षेत्रमा आवश्यक सञ्चार कानुनका विषयका सामग्री राखिएको छ। मिडिया कानुन, पत्रकारिताका सहयोगी तथा आवश्यक पर्ने कानुन र कानुनी प्रावधानहरू, आचारसंहिता, यसको प्रयोग र इतिहासका साथै गोपनीयता र सूचनाको हकका बारेमा पनि चर्चा गरिएको छ।

पत्रकारिता गरिरहेका, गर्न चाहने र पत्रकारिताप्रति चासो राख्नेलाई पुस्तक उपयोगी छ।

पत्रकारिताको लामो अनुभव र एक दशकभन्दा लामो शिक्षण अनुभव पस्केका छन् पाठकले। उनले पत्रकारिता र शिक्षण यात्राको देखाइ, लेखाइ र भोगाइलाई प्राज्ञिक र पठनीय सामग्रीका रूपमा समेट्ने प्रयत्न गरेका छन्।  
पुस्तकमा आमसञ्चार र सञ्चारमाध्यम, नेपाली पत्रकारिताको इतिहासदेखि वर्तमान, रेडियो, टेलिभिजन, अनलाइन र फोटो पत्रकारिताको इतिहास र वर्तमान अभ्यास समेतको जानकारी छ। त्यसैगरी समाचार समिति पत्रकारिताबारे विस्तृत समेटिएको छ। सूचनाको हक, गोपनीयताको हक, पत्रकार आचारसंहिता तथा सञ्चार कानुनबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकासक्रम र ऐतिहासिक सन्दर्भ सहित पस्किएको छ।

विभिन्न विधागत रिपोर्टिङ, आलेख लेखन, खोजी रिपोर्टिङ, समाचार लेखन तथा सम्पादनबारे ज्ञान र अभ्यासका कला समेटिएको छ। पत्रकारिता गरिरहेका, गर्न चाहने र पत्रकारिताप्रति चासो राख्नेलाई पुस्तक उपयोगी छ।

प्रकाशित: २१ वैशाख २०७६ ०७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App