coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा डेंगुको संक्रमण फैलियो

कपिलवस्तु– कपिलवस्तु जिल्लामा डेंगुको संक्रमण फैलिँदै गएको देखिएको छ। भारतसँग सीमा जोडिएका जिल्लाका पश्चिमी क्षेत्रमा एक महिनायता डेंगु रोगको संक्रमण फैलिँदै गएका हो। भारतीय सीमावर्ती बजार कृष्णनगर तथा चन्द्रौटा क्षेत्रमा अहिले डेंगु संक्रमण बढ्दै गएको हो।

एक महिनाअघि फाटफुट देखा परेको डेंगुको विरामी दशैंपछि झन् बढ्दै गएको छ। यद्यपि स्वास्थ्य कार्यालयले यस बारेमा कुनै आधिकारिक जानकारी नभएको जनाएको छ। कृष्णनगरस्थित फेमिली मेडिकल हल, चन्द्रौटास्थित संजिवनी अस्पतालमा यतिखेर डेंगु रोगको संक्रमणमा परेका विरामीहरु आउने गरेका छन्। शिवराज नगरपालिका ६, चन्द्रौटाका १२ वर्षीय समिर मुसलमानको बुधबार रगत परीक्षण गर्दा डेंगुको संक्रमण फेला परेको फेमिली मेडिकलका डा. अनवर खानले जानकारी दिए। बिरामी मुसलमानको रगतमा चाहिने भन्दा प्लेट्लेट्सको मात्रामा कमी देखिएपछि डेंगु भएको उनले बताए।

बालकलाई उपचारका लागि मेडिकलमै भर्ना गरिएको छ। यसैगरि सिर्सिहवाका २० वर्षीय सुनिल अग्रहरी र कृष्णनगरका १५ वर्षीय नमाज अहमद पनि डेंगु संक्रमणले विरामी भई भैरहवा मेडिकलमा उपचारको लागि रिफर गरिएको छ। डा.अनवर खानले  उपचारका लागि क्लिनिकमो दैनिक ७÷८ जना डेङ्गुको लक्षणका  विरामी फेला पर्ने गरेका छन् बताए। दशैंअघि शिवराज नपा ६, चन्द्रौटाका युवा किरण के.सी.मा डेंगु देखा परेपछि उनलाई भरतपुर अस्पतालमा भर्ना गरिएको छ । चन्द्रौटा बजार क्षेत्रमा समेत ८ जना डेगुं संक्रमणका विरामी फेला परेको विष्ठ मेडिकल हल तथा संजिवनी अस्पतालले जनाएका छन् ।

एडिज नामक लाममुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुने गरेको डाक्टरहरु बताउँछन् । एडिज मध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन् । एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुने गर्छ। डेंगुको संक्रमण भएपछि अत्याधिक १०३–४ डिग्री सम्म ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नीहरु दुख्ने, छालामा रगत जमेका राता खटिराहरु देखिने गर्दछन् । कसै–कसैमा थप जटिलताहरु उत्पन्न हुन सक्दछन् । जसमा विस्तारै रगतमा रहेका प्लेटलेट्सको संख्या घट्दै जान्छ । अझ जटिलता बढ्दै गएमा शरीरका विभिन्न भागबाट आफैं रगत बग्न थाल्दछ जस्तो नाक, गिजा आदि पिसाबमा रगत देखिने, रगत बान्ता गर्ने, कालो दिशा हुने, पिसाबको मात्रा कम हुनु, श्वास फेर्न गाह्रो हुने हुन्छन् । यसले दिउँसो टोक्ने भएकाले यसको संक्रमणबाट बच्नु निकै सावधानी अपनाउनु पर्ने स्वास्थ्कर्मी बताउछन्। थोरै र सफा पानी जम्न सक्ने भाँडाहरु जस्तो गाडीका काम नलाग्ने टायर, खाली बट्टा, गमला, कुलर आदिमा पानी जम्न दिनु हुँदैन।

स्वास्थय कार्यालयका जनस्वाग्य अधिकृत बिष्णु जैसवाललले पश्चिमी क्षेत्रहरुमा देखिएको संक्रमण डेंगु भए नभएको जानकारीमा नआएको बताए। ‘स्वास्थ्य चौकीहरुबाट हामीलाई त्यस बारे कुनै जानकारी आएको छैन,’ उनले भने । यस बारे आफुले चौकीका प्रमुखसंग बुझ्ने उनले बताए । संक्रमण नियन्त्रणका लागि स्वयंले विशेष सावधानी अपनाउने र लक्षण देखिन साथ तत्काल नजिकैको स्वास्थय संस्थामा जाँच तथा उपचार गराउन उनले आग्रह गरे । जिल्लामा डेंगुकै कारण हालसम्म कसैको मृत्यु नभएको स्वास्थ्य कार्यालयलले दाबी गरेको छ।

प्रकाशित: ६ कार्तिक २०७३ १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App