८ वैशाख २०८१ शनिबार
समाज

जनता आवास निर्माण आयोजनाको शिलान्यास

बारा - गएको चैत १७ गते आएको विनाशकारी हुरीबाट क्षति भएका घरहरुको निर्माण कार्य शनिबारदेखि शुरु भएको छ । संघीय सरकारका उप प्रधानमन्त्री,मन्त्री र प्रदेश नम्बर दुइका मुख्यमन्त्रीले बाराका १० ठाउँमा पुगेर जनता आवास निर्माण योजनाको शिलान्यास गका हुन्।

हुरीमा क्षति भएको फेटाको पुरैनियामा उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परवानीपुरको चैनपुरमा उप प्रधान, स्थास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, प्रसौनीको खुटवा जब्दीमा गृह मन्त्री रामबहादुर थापा, कलैया उपमहानगरपालिकाको फुलवारीया र देवतालको रमपुर्वामा मुख्यमन्त्री लालबाबु राउत लगाएतले १० स्थानमा आवास निर्माणको शिलान्यास गरेको नेपाली सेनाले जनाएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल हुरीबाट घर बिहिन बनेकाहरुलाई साउन अघि नै नयाँ घर निर्माण गर्नुपर्ने भएकोले यसको निर्माण गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिएको बताए।

सेनाले निर्माण गर्न लागेको घरहरुलाई समयमै पुरा गराउन कार्यमा प्रदेश र स्थानीय सरकारको पनि सहयोगको आवश्यकता रहेको उनले बताए।  मुख्यमन्त्री मन्त्री लालबाबु राउत गद्दीले केपी ओली नेतृत्वको सरकारले हुरी पीडितहरुको समस्या बुझी घर निर्माणको जिम्मा सेनालाई दिएको कार्य सराहनिय रहेको कार्यक्रममा बताए।

सार्वजनिका खरिद नियमवालीले झनझटिलो र लामो समय लाग्ने भएकोले नै सेनालाई निर्माणको जिम्मा दिएको उनले बताए। बर्षा शुरु हुनु अगाडि नै निर्माण सम्पन्न गर्न उदेश्यले सेनालाई निर्माणको जिम्मा दिएकोमा सेनाको लागि चुनौती र अवसर दुबै थपिएको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सेनाका रथी गौरव टण्डनले बताए।

सेनाले निर्माण गर्न लागेको घरमा दुई वटा रुख एउटा बरण्डा र एउटा वाथ रुम रहेको सेनाले जनाएको छ।
पूर्ण रुपमा क्षति भएको १३ सय ६५ वटा घरहरु पहिलो चरणमा निर्माण गरिने र त्यसको लागि नेपाली सेनासहित तीन हजारको हाराहारीमा जनशक्ति परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताएका छन।

हुरीबाट क्षति भएको घरहरुको शिलान्यास कार्यक्रममा संघिय सरकारका उप प्रधानमन्त्रीहरु,मन्त्रीहरु र प्रदेश नम्बर दुईका मुख्य मन्त्री ।

प्रकाशित: २१ वैशाख २०७६ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App