कला

पौभा चित्रको भबिश्य

शनिबार, २१ बैशाख २०७६, १२ : २० नागरिक

तीर्थ निराैला
हामी परम्परागत कलामा निकै अघि छौं। हालै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले पा“च दिने प्रदेशस्तरीय थाङ्का, पौभा चित्रकला कार्यशाला ग-यो। कार्यशालाको उद्देश्य आधुनिक कलामा केन्द्रिकृत समाजमा ओझेल पर्दै गइरहेको परम्परागत कलाको उठान गर्नु थियो। त्यसमा सफलता मिल्यो।

हिन्दू र बौद्ध धर्म एवं विविध सम्प्रदायको दर्शन, मान्यता र परम्परास“ग नजिक परम्परागत कला हाम्रो धरोहर हो। हाम्रा पुर्खाले गर्दै आएको कला नै परम्परागत कला हो।  यसभित्र मूलरुपमा तीन आयामका मौलिक कला पर्छन्– चित्रकला, मूर्तिकला र  वास्तुकला। वास्तुकलामा प्यागोडा, गुम्बज र मठ मन्दिरका रुप पर्छन्। काष्ठ र ढुङगे कलामा टु“डाल, काठका र ढुङ्गे मूर्ति पर्छन् भने चित्रकलामा ग्रन्थ, पौभा, थाङ्का, मण्डला आदि पर्छन्। हाम्रा परम्परागत कलाले अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्मान पाउँदै आएका छन्। थांका कलाकार निमा प्याम्छो लामा भन्छन्, ‘अन्तर्राष्ट्रिय कला बजारमा थाङ्का चित्रको राम्रो अवस्था छ। ख्यातिप्राप्त कलाकारले एक– दुई बर्ष लगाएर बनाएको एउटै चित्र ३० लाख रुपैयाँसम्ममा विक्रि हुन्छ।’

अचेल पौभालाई सुन्दर देखाउन नियम प्रतिकूल नै नानाथरीका देवीदेवता र अनर्गल प्रतीक वा बिम्ब कोर्ने चलन बढेको छ। यस्तो उच्छृङखलता परम्परागत कला भविष्यका निम्ति राम्रो होइन।

विश्वमञ्चमा नेपाली कलाको शिर उ“चो राखेको परम्परागत चित्रकलाको इतिहास कहा“बाट सुरु भयो ? तथ्यपरक उत्तर इतिहासकारले दिन सकेका छैनन्। कतिपय विद्वान्ले दुई हजार वर्षदेखि नेपालमा बौद्ध र हिन्दूकलाको जन्म भइसकेको उल्लेख गरेका छन्। वास्तवमा यही ग्रन्थ, धूले र पट चित्रकलाको प्रचलनदेखि नै हाम्रो परम्परागत चित्रकला विजारोपण भएको हो। यी चित्रकला पूर्ण शास्त्रीय परम्परा र रीतिरिवाजमा सम्बन्धित छन्। प्राचीनकालका कलामा धार्मिक आख्यान, श्लोक, उक्ति र बिम्बहरू कलात्मक ढंगले कोरिन्थे। नेपालमा थाङका र पौभा चित्र भन्दा पहिले ग्रथचित्र कोरिन्थे। नवौं वा दशौं शताब्दीमा लेखिएको प्रज्ञापारमितालाई नेपालको प्रथम ग्रन्थचित्र भन्ने गरिएको छ। त्यो चित्र राजा नरेन्द्रदेवले छोरीलाई दिएका थिए भनिन्छ। यद्यपी आजसम्म यसको तथ्यपरक आधार छैन।

दशौंदेखि तेह्रौं शताब्दीसम्मका चित्र भने हाम्रोमा सुरक्षित छन्। प्राचीन चित्रकला पछि पौभा कलाको परम्परा नेपाली समाजमा छाएको देखिन्छ। यो कलाको प्रचलन १२ औं शताब्दीअघि नै सुरु भएको तर्क छ। तिनताका कलाकार अरनिकोको तिब्बत र चीन यात्राको अवसरले यसको प्रचारमा टेवा पुगेको अड्कल काट्न सकिन्छ।पौभा शब्द विशेषतः नेवार नामकरण हो। तिब्बती भाषामा यसलाई थांका भनिन्छ। पौभा र थाङ्का भन्नु एकै भए पनि यी दुईको बनावट शैलीमा भने थोरै अन्तर भेटिन्छ। नेवार समाजमा पौभा लेख्ने ‘पठी भराण्डो’ चलन अपभ्रंश भई पौभा भएको हो। पौभामा विशेषतः बौद्ध आस्था र हिन्दू देवीदेवताका जीवनी र लीला कोरिन्छ। यसअन्तर्गत बनाइने गोलाकार मण्डलाको बीचमा प्रमुख देवी वा देवताको चित्र राखिन्छ र नियमानुरूप वरिपरि सहयोगी देवीदेवता सजाइन्छ। साथै चित्रलाई अझै उत्कृष्ट र आकर्षक बनाउन रूखपात, खोलानाला, झरना, आगो, गुम्बा, बिहार र अन्य बिम्ब प्रतीकात्मक वा यथार्थ रूपमा कोरिन्छ।

अचेल पौभालाई सुन्दर देखाउन नियम प्रतिकूल नै नानाथरीका देवीदेवता र अनर्गल प्रतीक वा बिम्ब कोर्ने चलन बढेको छ। यस्तो उच्छृ◊लता परम्परागत कला भविष्यका निम्ति राम्रो होइन। यसले पौभाको मौलिकतामा प्रतिकूल असर पु¥याई यसको जीवनलाई धरापमा धकेल्न सक्छ। बेलैमा सुधारौं। विगतमा शास्त्रीय परम्परा र मान्यताअनुसार पौभा चित्र कोर्न कलाकारको अन्तःस्करण शुद्ध एवं पवित्र हुनुपथ्र्यो। चित्र बनाउ“दा जुन देवदेवीको चित्र कोर्न सङ्कल्पित भएको हो, उनै देवदेवीमा समर्पित भई उपवास बस्नुपर्दथ्यो र कला सिर्जनाका सामग्री घरमै आफंैले बनाएको हुनुपथ्र्यो। आजभोलि पौभा कोर्न यस्ता खाले बन्धन हटेर गएका छन्। बजारमा पाइने तयारी सामग्रीबाटै कलाकारले चित्र कोर्छन्। उनीहरू पौभामा आधुनिक रङको प्रयोग गर्दै सूनचा“दी लगायत नानाथरीका वस्तु लगाउँछन्। कसैकसैले त एउटा चित्र पूरा गर्न वर्षांै पनि लगाउने गर्छन् भने कसैले तीन दिन देखि हप्ता दिनमै पुरा गर्छन्। समयावधि कलाकारको इच्छाशक्ति र पौभाको गहनतामा भरपर्छ।  

पूर्ण शास्त्रीय पद्धतिअनुरूप पौभा लेख्ने बखतमान, दीर्घमान र पूर्णमान थिए। अहिले पनि बखतमान चित्रकारका नाति प्रेममानले पुख्र्यौली परम्परा थामिरहेका छन्। पहिले यो पेशामा थोरै कलाकार थिए। अचेल अनगिन्ती कलाकारको जन्म भइसकेको छ। लोक चित्रकार, दीपक जोशी, समुन्द्रमान श्रेष्ठ, उदयचरण श्रेष्ठ, योगेन्द्र शाक्य लगायत छन्। थाङ्कातर्फ मानबहादुर दोङ्ग, भीमबहादुर लामा, कर्साङ्ग लामा आदि यसक्षेत्रका चर्चित अनुहार हुन्। उनीहरू धार्मिक भावनासँगै व्यावसायिक दृष्टिमा पनि सक्षम छन्। राजधानी लगायत मोफसलमा छरिएर रहेका कलाकार र थाङ्का पसल भेटिन्छन्। कलाकारको लेखाजोखा राख्ने संयन्त्र हाम्रो सरकार र कलाका निकायहरूस“ग छैन। यसर्थ यस कलालाई व्यवस्थित बनाउन जरुरी छ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad