coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

साहित्यको टेकोमा पर्यटन

खप्तड तालमा काव्ययात्रीहरू

साहित्यमा मनका भावना, प्राकृतिक छटा, संस्कृतिका विम्ब र जीवनका रंगहरू समेटिन्छ। पर्यटनका मुख्य आकर्षक तत्व पनि प्रकृति, इतिहास, संस्कृति र जीवनशैली नै हुन्। त्यसैले साहित्यमार्फत् पर्यटन प्रवद्र्धन गर्न सकिन्छ। कला/साहित्यको बलमा पर्यटकीय संभावना भएका गन्तव्यहरू चम्कन सक्छन्।

आफूले देखेका, सुनेका र अनुभूत गरेका कुरा मीठो भाकामा पस्कन्छन् लेखकहरू। लेखनको जादूले पाठकलाई तान्छ। त्यतिमात्र होइन, स्थानीयलाई आफ्नो ठाउँप्रति गौरवबोध गराउँछ। केही गर्न भित्रैदेखि हुट्हुटी जगाउँछ। यस्तै अनुभव बटुलेको छु मैले।

एउटा पत्रकारका रूपमा पछिल्लो दुई दशकमा मैले केही साहित्यिक यात्राको रिपोर्टिङ गरेको छु। विसं ०५८ सालमा पोखरामा बसेर पत्रकारिता गर्दा सरुभक्तको अगुवाइमा सञ्चालित ‘संरक्षण कविता आन्दोलन’मा सहभागी भएर गण्डकीका केही गाउँ घुम्ने मौका पाइयो। सरुभक्तले नै मलाई पहिलो पटक पोखराको उत्तरी डाँडो धम्पुस पु-याएका थिए। पोखराबाट उकालो चढेका कविहरूले चौतारीमा भेला भएर गाउँलेहरूलाई कविता सुनाएका क्षण आँखामा ताजै छन्। आफ्नै बारेमा लेखिएका कविता सुनेर गाउँलेहरु खुसी बनेका थिए।

सरुभक्तको समूहले पर्यटनको नारा त लगाएन तर उनीहरूको कामले पर्यटन प्रवद्र्धनमा टेवा पु-याउँदै गयो। उनीहरूले साहित्यिक पर्यटनको अभ्यास गरिरहे। त्यसो त ०५५ असोजमा त्यो आन्दोलन प्रख्यात धार्मिक पर्यटकीयस्थल मुक्तिनाथबाट सुरु गरिएको थियो। सरुभक्तको नेतृत्वमा विनोद गौचन, भूपिन, धनप्रसाद तामाङ, पुष्प आचार्य र जे.अस्मिताले  ५ सूत्रीय घोषणापत्र जारी गर्दै आन्दोलनको शंखनाद गरेका थिए।

‘संरक्षण नै जीवन हो, जीवन नै संरक्षण हो। हाम्रो पृथ्वी, पर्यावरण, संस्कृति सबै चिजको संरक्षण गर्नु पर्छ भन्ने सञ्देश नै आन्दोलनको मूलमन्त्र हो। ‘साहित्यका धेरै आन्दोलन केन्द्रीकृत भए। गाउँ नै गाउँको देश भएको हुनाले गाउँमा साहित्यलाई पु¥यायौं र त्यहाँको विषयमा लेखेर ग्रामीण क्षेत्रमा जागरण ल्याऔं भन्ने हाम्रो उद्देश्य थियो’, सरुभक्त भन्छन्, ‘लेखकहरू वास्तविक देशसँग जोडिनु पर्छ। गाउँको सुख र दुःख बुझेर साहित्य लेख्नु पर्छ ।’

त्यसका लागि घुमफिर गर्नै प-यो। हिमाल, पहाड र तराईका ५० भन्दा बढी ठाउँमा संरक्षण कविता आन्दोलनको टोली पुगिसकेको छ। दुःखको कुरा, पछिल्लो पाँच वर्षमा आन्दोलन सुस्तायो। सरुभक्त संगीत तथा नाट्य प्रतिष्ठानमा कुलपति भएपछि निकै व्यस्त भए।

नेपालभित्र गतिविधि सेलाए पनि युरोपका केही सहरमा आन्दोलन पुगिसकेको छ। बेल्जियममा बस्ने बागलुङे कवि दिपेन्द्र केसी आन्दोलनका युरोप संयोजक हुन्। ‘विदेश जहाँजहाँ नेपाली पुगेका छन्, त्यहाँत्यहाँ संरक्षण कविता आन्दोलनलाई अघि बढाउँछौं’, सरुभक्त प्रस्ट्याउँछन्, ‘अब आन्दोलनको नेतृत्व नयाँ पुस्ताका भाइबहिनीमा हस्तान्तरण गर्ने तयारीमा छु ।’

केही संघसंस्थाले आफ्नै बलबुतामा साहित्यिक यात्रा गर्दै आएका छन्। साहित्य विकासको जिम्मा पाएको मुलुककै ठूलो प्राज्ञिक संस्था प्रज्ञा प्रतिष्ठान भने यसमा चुकेको देखिन्छ। उसले राजनीतिभन्दा माथि उठेर बर्सेनि ७ वटै प्रदेशमा कवि/लेखकहरूलाई घुमाउनु पर्छ। त्यसो गर्न सके एकातिर स्रष्टामा ऊर्जा बढ्नेछ भने अर्कोतिर तत्स्थानको प्रवद्र्धनमा टेवा पुग्नेछ। अनि साहित्यमा अर्गानिक खुराक भित्रिनेछ।

अबको दुई महिनाभित्र आन्दोलनलाई गति दिने तयारी भैरहेको उनले बताए। मुलुकभित्र बेलाबेलामा विभिन्न संघसंस्थाले साहित्य यात्रा गर्दै आएका छन्। यस्तै एउटा अगुवा संस्था हो–हिमालचुली कलासाहित्य प्रतिष्ठान, लमजुङ। उसको प्रथम पर्यटन साहित्य यात्रामा पत्रकार मित्र दामोदर न्यौपाने र डा. तुलसी भट्टराईसहित हामी लमजुङ पुगेका थियौं। प्रतिष्ठानले ०६५ जेठ १० र ११ मा पुरानोकोटमा यात्रा गरेको थियो। बर्सात्का बेला दर्जनौं कवि/लेखक बेंसीसहरबाट गाउँसहर दरबार, काउलेपानी हुँदै पुरानोकोट गाउँ पुगेका थियौं।

गाउँलेहरूले नाचगान र स्थानीय खानाले स्वागत गरेका थिए। त्यतिबेला रोपिएको पर्यटनको बिउको प्रतिफल आज गाउँलेले राम्रो पाएका छन्। काउलेपानीको होमस्टे देशकै नमुना बनिसक्यो। पुरानोकोट पनि चम्किसक्यो।
साहित्य उत्पादनमुलक काम हो भन्ने संदेश गाउँगाउँमा पु¥याउन ‘पर्यटन साहित्य यात्रा’को अवधारणा ल्याइएको प्रतिष्ठानका संस्थापक अध्यक्ष आनन्द घिमिरे बताउँछन्। ओझेल परेका गन्तव्यहरूलाई साहित्यका माध्यमबाट झक्झक्याएर पर्यटन गन्तव्य बनाउने प्रयास थियो त्यो। त्यसले सकारात्मक परिणाम ल्याएको देखिन्छ। 

पुरानोकोट पछि प्रतिष्ठानले सिउरुङ, बराहपोखरी, तार्कुकोट गहते र अकला मन्दिरमा त्यस्तै यात्रा ग¥यो। तत्कालीन गाविस, स्थानीय आमा समूह, क्लब आदिसँग सहकार्य गरेर यात्रा गरिन्थ्यो। ‘आतेजाते बस खर्चका लागि हामी चन्दा उठाउँथ्यौं’, घिमिरेले भने, ‘गाउँमा स्थानीयले खाना र बास व्यवस्था गर्थे ।’

प्रतिष्ठानले साहित्य यात्रामार्फत् स्थानीयमा पर्यटन चेतना जगाएका ती गाउँहरू समयक्रममा चर्चित गन्तव्य बने। सिउँरूङ उत्कृष्ट ग्रामीण गन्तव्य बनेको छ। तार्कुकोट र गहतेमा चहलपहल बढेको छ। अकला मन्दिरको मुहार फेरिएको छ। त्यस्तै बराह क्षेत्रमा खानेपानी, ठाँटी निर्माण, गोरेटो सुधार लगायत पूर्वाधार विकासका काम भएका छन् ।

साहित्यकारहरू गन्तव्यहरूमा पुगेर रचना गर्छन्  र तुरुन्तै स्थानीयलाई सुनाउँछन्। चित्रकारहरू चित्र बनाउँछन् र प्रदर्शन गर्छन्। काव्य यात्रीहरु फर्केपछि निबन्ध, संस्मरण, कविता, गीत, समाचार आदि लेख्छन्। त्यसको राम्रो प्रभाव पर्छ। सूचना प्रविधिको यो युगमा सामाजिक सञ्जालमा पोष्ट गरिने तस्बिर र भावनाले पनि गाउँको सन्देश फिजाउन ठूलो मद्दत पु-याउँछ।

आयोजक आफैंले पनि घुमफिर अनुभवको सँगालो निकाल्छन्। जस्तो कि प्रतिष्ठानले उसको त्रैमासिक पत्रिका ‘हिमालचुली’को शुभारम्भ अंकलाई पुरानोकोट पर्यटन साहित्य यात्रा विशेषांक बनाएको थियो । प्रतिष्ठानले आशा जगाएको थियो। हिमालचुलीकै नविनचन्द्र घिमिरेले बराह पोखरी यात्रापछि एउटा पुस्तक नै प्रकाशन गरे। एक समय साहित्यमार्फत् पर्यटनमा टेवा पु¥याएको प्रतिष्ठान अचेल बेखबर छ। ‘हामी नयाँ ढंगले पर्यटन साहित्य यात्रालाई निरन्तरता दिनेछौं’, प्रतिष्ठानका संस्थापक अध्यक्ष घिमिरेले भने।  

अब कुरा गरौं त्रिशुली वाङ्मय प्रतिष्ठानको। विसं २०६६ असोजमा गठन भएको प्रतिष्ठानले ०६७ सालदेखि ‘पर्यटन प्रवद्र्धनका लागि साहित्य यात्रा’ गर्दै आएको छ। उसका धेरैजसो यात्रा नुवाकोट केन्द्रीत हुन्छन्। पहिलो यात्रा वेत्रावती, बेनीघाट र नुवाकोट दरबारमा भएको थियो। त्यसपछि नुवाकोटकै चिम्टेश्वर र ककनीमा गरियो। केही समयअघि उनीहरू गण्डकी प्रदेशको बन्दिपुर क्षेत्रमा पर्ने रामकोट होमस्टेमा पुगेका थिए। 

लेखकका सृजनामा गाउँका विम्बहरू आउँदा ती गाउँको राष्ट्रिय रूपमा चिनारी बढेको अनुभव छ प्रतिष्ठानका उपाध्यक्ष आरएम डंगोलसँग। प्रतिष्ठानले आफ्नो पत्रिका ‘त्रिशूली त्रिवेणी’ को ११ औं अंकलाई यात्रा संस्मरण अंकका रूपमा छापेको छ।

उनीहरू यात्रीहरूसँग पैसा उठाउँदैनन्। सहयोगी खोज्छन्। उनीहरूलाई नेपाल पर्यटन बोर्डले सघाउँछ। यात्रा साहित्यको कुरा गर्दा पोखराको ‘अक्षर यात्रा’लाई बिर्सनै मिल्दैन। पोखराका कवि÷लेखक महिनाको तेस्रो शनिबार ‘अक्षर यात्रा’ गर्छन्। उनीहरूको नारा छ, ‘जीवन र जगतको यथार्थ बोधका लागि अक्षर यात्रा ।’

उनीहरू गाउँगाउँमा पुगेर रचना गर्छन्। अनि गाउँलेसँग बसेर सुन्ने र सुनाउने गर्छन्। आज २१ वैशाख ०७६ का दिन अक्षर यात्राको १६५ औं श्रृंखला छोरेपाटनको मानव सेवा आश्रममा हुँदैछ। आमाको मुख हेर्ने दिन परेकाले आश्रम रोजिएको यात्राका एक जना अभियन्ता लक्ष्मण थापा बताउँछन्।

उनका अनुसार ०६२ असार १९ गते शनिबार पोखरा उपत्यकाको सुन्दरी डाँडामा अक्षर यात्राको पहिलो श्रृङ्खला आयोजना गरिएको थियो। त्यतिबेला भावना परिवार, नवनित साहित्य सागर र गजल सन्ध्या मिलेर अक्षर यात्रा शुभारम्भ गरेका थिए। 

पर्यटन साहित्य यात्राबाट तत्कालीन र दीर्घकालीन लाभ हुन्छ। यात्राबाट फर्के लगत्तै लेखकहरूले मिडियामा लेख्ने अनुभव सँगालोले गन्तव्यहरूको प्रचारमा तुरुन्तै राहत पुग्छ। अर्को, उनीहरूको लेखनीमा दीर्घकालसम्म यात्राको प्रभाव परिरहन्छ।

यसको ५० औं श्रृङ्खलासम्म भावना परिवार साथमै थियो। त्यसपछि नवनित साहित्य सागर र गजल सन्ध्या मिलेर यसलाई निरन्तरता दिँदै छन्। सागरका अध्यक्ष समेत रहेका थापा भन्छन्, ‘हामीले धेरैजसो यात्रा एक दिवसीय ग-यौं। बहुदिने यात्रामा हामी लमजुङ, तनहुँ, पर्वत, स्याङ्जा र पाल्पासम्म पुग्यौं ।’  
गाउँमा त उनीहरू रचना सुनाउँछन् नै, फर्केपछि मिडियामा समाचार तथा लेख प्रकाशन हुन्छ। संस्मरण छापिन्छ। ‘हाम्रो कामबाट पर्यटनलाई प्रत्यक्ष लाभ पुगेको छ’, थापा दाबी गर्छन्। 

प्रायः एक दिने कार्यक्रममा उनीहरू आफ्नै खर्चमा जान्छन्। बहुदिने कार्यक्रममा संघसंस्थाले बोलाउँछन्। पोखरा खाल्डोभित्र गरिने एक दिने यात्रामा भन्दा सेरोफेरोका गाउँहरूमा रातै बस्ने गरी जाँदा काव्य यात्री बढी हुने अनुभव छ थापासँग।

बेलाबेलामा उनीहरूले राष्ट्रियस्तरका कवि÷लेखकलाई पनि सहभागी गराएर अन्तक्र्रिया गराउँछन्।
पश्चिम नेपालकै गण्डकी वाङ्मय प्रतिष्ठान, तनहुँले पनि कहिलेकाहीँ पर्यटन साहित्य यात्रा गराउँछ। उसले ०६६ साउन २९ मा आयोजना गरेको मानहुँकोट साहित्यिक पर्यटन पदयात्रामा म पहिलो पटक दमौलीबाट हिँडेर मानहुँको डाँडामा पुगेको थिएँ। अचेल काठमाडौं–पोखरा ओहोरदोहोर गर्दा बसबाट डाँडालाई हेर्छु। हेर्दाहेर्दै दमौली पश्चिमको त्यो डाँडो पर्यटन गन्तव्य बनिसक्यो।

प्रतिष्ठानका अध्यक्ष सागर उदासका अनुसार त्यहाँ होमस्टे र होटल सञ्चालनमा छन्। दमौलीमा बस्नेहरू बिदाका दिनमा त्यता उकालिन्छन्। गर्मी छल्ने गन्तव्यका रूपमा समेत मानहुँकोटले ख्याती कमाएको छ। कुटनीतिज्ञ सरदार यदुनाथ खनालको गाउँ मानहुँकोटमा केही वर्ष अघिसम्म पानीको दुःखले बसाइँ सर्ने क्रम तीव्र थियो। आज त्यो ठाउँ धेरैको रोजाइमा परेको छ। कतिसम्म भने दमौलीका कति बासिन्दाले  मानहुँकोटमा घडेरी किन्न भ्याइसके। 

प्रतिष्ठानले विसं ०७० मा तनहुँसुर डाँडामा अर्को साहित्य यात्रा गरेको थियो। त्यसले तनहुँसुर चम्काउन सहयोग पु-यायो। त्यस्तै ‘कन्सेप्ट नेपाल’ले पनि ‘खप्तड काव्य–यात्रा २०७५’ गरेको थियो। खप्तडलाई पहुँचिलो बनाउन सघाउने उद्धेश्यले कवि, लेखक, पत्रकार र साइकले गरी २७ जनाको टोली खप्तड पुगेका थियौं। हामीले यात्रामै सुदूर पश्चिमको कला र संस्कृतिमा योगदान पु¥याएका तीन जना संस्कृतिकर्मीहरू डेउडा गायक गोपाल पार्की, हुड्केली कलाकार पदम नेपाली र नाटककार धनबहादुर मल्ललाई डोटीको शैलेश्वरी मन्दिरमा जनही दश हजार रुपैयाँ नगदसहित ‘खप्तड काव्य सम्मान’ प्रदान गरेका थियौं।

खप्तडबाट फर्केपछि राष्ट्रिय सञ्चार माध्यममा धमाधम काव्य यात्रीका अनुभव प्रकाशित भए। यसले खप्तडलाई चिनाउन मद्दत ग¥यो। त्यति मात्र होइन, कन्सेप्ट नेपालले खप्तडको वृत्तचित्र, बुकलेट र लेखकहरूले लेखेका लेखहरूको सँगालो ‘खप्तड काव्य–यात्रा’ पुस्तक पनि प्रकाशन गरिसकेको छ। 

यसरी अन्य संघसंस्थाले पनि साहित्य यात्रामार्फत् गन्तव्यहरूको प्रचारमा योगदान पु-याउँदै आएका छन्। बेलाबेलामा साहित्य यात्रा गर्ने संस्था धेरै छन्। तर, थोरैले मात्र निरन्तरता दिएका छन्।  खासमा लेखकहरू कुनै सीमामा बाँधिएर लेख्न रुचाउँदैनन्। आफूलाई लागेका, आफूले अनुभूत गरेका कुरा लेख्छन्। यात्रा अनुभव लेख्दा पाठकप्रतिको जिम्मेवारी बोध भयो भने त्यो रचना बढी प्रभावकारी हुन्छ। त्यसमा लेखकको अनुभूतिसँगै प्रकृति, संस्कृति, जीवनशैली र मान्छेको चित्रण राम्रो हुनु पर्छ। बढी भन्दा बढी मान्छेसँग अन्तरक्रिया ग¥यो भने मात्र चुरो कुरो बुझ्न सकिन्छ। 

साहित्यमा मौलिकता झल्कनु पर्छ। नेपालीपन मग्मगाउनु पर्छ। कोरा कल्पनामा नेपालीपन आउँदैन। त्यसका लागि कुनाकाप्चामा डुल्नु पर्छ। लोकजीवन, लोकसंस्कृति र परम्पराको अध्ययन जरुरी हुन्छ। इतिहासका पाटाहरू केलाउन, लोकसाहित्यको अध्ययन र मिथकहरूको संकलन गर्न पनि यात्रा साहित्यले सघाउँछ। जिन्दगीको लय खोज्न र जिन्दगी बुझ्न पनि यात्रा साहित्यले नै मद्दत गर्दछ।  

दुःखको कुरा हामीले हतारहतारमा यात्रा गर्नु पर्ने बाध्यता छ। आर्थिक समस्या हुन्छ। गाउँठाउँमा धेरै दिन बसेर, गाउँलेसँग घुलमिल भएर दही मोथेर नौनी निकालेझैं उनीहरूका मनका कुरा लेख्न सके उपलब्धिमूलक बन्छ।   
केही संघसंस्थाले आफ्नै बलबुतामा साहित्यिक यात्रा गर्दै आएका छन्। साहित्य विकासको जिम्मा पाएको मुलुककै ठूलो प्राज्ञिक संस्था प्रज्ञा प्रतिष्ठान भने यसमा चुकेको देखिन्छ। उसले राजनीतिभन्दा माथि उठेर बर्सेनि ७ वटै प्रदेशमा कवि÷लेखकहरूलाई घुमाउनु पर्छ। त्यसो गर्न सके एकातिर स्रष्टामा ऊर्जा बढ्नेछ भने अर्कोतिर तत्स्थानको प्रवद्र्धनमा टेवा पुग्नेछ। अनि साहित्यमा अर्गानिक खुराक भित्रिनेछ।

गाउँहरू चम्के
आनन्द घिमिरे
पूर्व अध्यक्ष, हिमालचुली कलासाहित्य प्रतिष्ठान
हामीले गाउँहरूमा पर्यटन चेतना जगाउन र स्रष्टाको कलममार्फत् त्यहाँको संभावना उजागर गर्न ‘पर्यटन साहित्य यात्रा’ सुरु गरेका थियौं। हामी डुलेका गाउँहरू पर्यटन गन्तव्यका रूपमा स्थापित भैसके। बीचमा हाम्रो यात्रामा ब्रेक लाग्यो। अब नयाँ ढंगले हामी यात्रालाई निरन्तरता दिने छौं।

आर्थिक समस्या
आर.एम डंगोल
उपाध्यक्ष, त्रिशुली वाङ्मय प्रतिष्ठान
आर्थिक जोहो नै मुख्य समस्या हो। हामीलाई नेपाल पर्यटन बोर्डले सहयोग गर्दै आएको छ। लेखकहरूलाई केही दिन गाउँमै राख्न सके राम्रो हुन्थ्यो। गाउँलेसँग घुलमिल भएर लेखिएका सृजना प्रभावशाली हुन्छन्। तर, आर्थिक समस्याले गर्दा हतारहतार पुगेर रचना वाचन गरेर फर्किहाल्नु पर्ने अवस्था छ।

चम्कियो खप्तड  
पवन शाक्य
संयोजक, कन्सेप्ट नेपाल
हामीले ०७५ जेठमा ‘खप्तड काव्य–यात्रा’ आयोजना गरेका थियौं। त्यसमा सहभागी यात्रीहरूले उताबाट फर्केपछि राष्ट्रिय सञ्चार माध्यममा लेखरचना प्रकाशित गरे। त्यसबाट हवात्तै खप्तडको प्रचार भयो। तत्कालै खप्तडको पर्यटन प्रवद्र्धनमा टेवा पुग्यो। फलस्वरूप दिनदिनै त्यहाँ आन्तरिक पर्यटक बढिरहेको खबर सुन्दा खुसी लाग्छ।   

मानहुँकोटको मुस्कान  
सागर उदास
अध्यक्ष, गण्डकी वाङ्मय प्रतिष्ठान
हामीले साहित्यिक पदयात्रा गरेपछि मानहुँकोट चम्कियो। आज त्यहाँ होमस्टे र होटल सञ्चालनमा छन्। मानहुँकोट राम्रो गन्तव्य बनिसक्यो। दमौलीमा हप्हपाउँदो गर्मी हुँदा पश्चिमी डाँडा मानहुँकोट शीतल हुन्छ। गर्मी छल्न मानहुँकोटमा भिड लाग्छ। हाम्रो साहित्यिक यात्रा पछि तनहुँसुरमा पनि चहलपहल बढेको छ।   


सृजनात्मक चौतारी
लक्ष्मण थापा
अध्यक्ष, नवनित साहित्य सागर
‘अक्षर यात्रा’ नयाँ तथा पुराना लेखकबीच अन्तत्र्रिmया गर्ने चौतारी समेत बनेको छ। अक्षर यात्राबाटै केही लेखक चम्केका छन्। आपसमा आत्मीयताको डोरी कसिलो बनाउने माध्यम पनि बनेको छ हाम्रो अक्षर यात्रा। अक्षर यात्रामा कति निरन्तर लागिरहेका छन्। कतिले छाडिसके, कति नयाँ आइरहेका छन्।

प्रकाशित: २१ वैशाख २०७६ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App