पुस्तक अंश

ऊ आज फेरि आएन

शनिबार, २१ बैशाख २०७६, ०८ : ५१ स्वामी आनन्द अरुण

ओशोको पटना प्रवास सकियो। उहा“ जबलपुर फर्किनुभयो। शिशिरका दिनहरू अझ निष्ठुर भएर आए। मलाई पुनः त्यही संसारमा फर्किनु थियो– पसल, खुला नाली, फोहरका डंगुर, हतारहतार कमिलाजस्ता बिना फुर्सद कतै दौडिरहेका मानिस, बाक्लो त“ुवालो, समोसा र करीको गन्ध ओढेका शहरका गल्लीहरूमा। आचार्यश्रीका ती चार दिनका प्रवासमा मभित्र एक रूपान्तरणको उदय भएको थियो। अज्ञात स्थिरता महसुस भएको थियो। यो पृष्ठभूमिमा बाहिरको त्यो संसार त्यही भए पनि त्यसको बोध सूक्ष्म भएको थियो। आकाशले परम स्वतन्त्रताको अनुभूति बर्साइरहेको थियो, वृक्षको हरियो रङमा एक गतिशील जीवन्तता थियो, हावामा एक संगीतको सुगन्ध थियो।

ओशोे उपस्थितिको सानिध्यमा प्रेम र आशिषको माहोलमा मेरो अस्तित्वले एक पुनर्जन्म नै प्राप्त गरेको थियो। उहा“को मंगलकारी उपस्थितिबाट मेरा अस्थि, रक्त र शरीरका सारा कोषमा एक लयबद्ध थिरकन छाएको थियो। म अब त्यही व्यक्ति थिइनँ। जसरी चुम्बकको चुम्बकीय क्षेत्रमा आएपछि चुम्बकै हुन्छ, उहा“को उपस्थितिमा हामी सबै चेतनाको अर्कै आयाममा प्रवेश गरिसकेका थियौं। सहर त्यही थियो, मानिसहरू त्यही थिए, गन्ध, रङ सबै त्यही भए पनि आचार्यश्रीको उपस्थितिमा त्यसको गहन अभिव्यक्ति अर्कै महसुस भइरहेको थियो। हावा र प्रकृतिमा एक अज्ञात अह्लाद र नाद चलिरहेको थियो।

त्यसको केही दिनपछि पुनः म पटना रेलवे स्टेसन गए“। ओशोलाई विदाइ गरेको त्यो स्टेसनले मलाई एक न्यास्रोपनको अनुभूति दिलाइरहेको थियो। बीसको दशकको आयुमा हिँडिरहेको मलाई रोमान्टिक प्रेमको अनुभव थियो। तर, प्रेमको विछोडले हृदय शान्ति कतिसम्म हरण गर्छ भन्ने अनुभव ती पलहरूमा भइरहेको थियो। सुफीहरूले परमात्मालाई प्रेमिकाको रूपमा सम्बोधन गर्छन्। साधारण पे्रेमको नियति कति गहन छ र गुरुस“गको असाधारण प्रेमको यो अनुभव अबोधगम्य र अभिव्यक्तिभन्दा धेरै पर छ।

आचार्यश्रीले मेरो हृदयको प्रेमको सम्भावनाका सबै ढोका खोलिदिनुभएको थियो। सम्बन्धमा विगतमा भोगेका विछोडका केही पलको अनुभव मलाई  थियो। तर, आचार्यश्रीस“गको विछोडले मलाई आपैmँभित्रको गहिराइमा धकेलेको थियो। वर्षायाममा गडगडाएर हिमालयबाट मैदान छुन लम्किएको गङ्गाको उद्दाम प्रवाहजस्तै उहा“को अनुपस्थितिले मभित्र त्यसै अवस्था सृजना गरेको थियो।

भाग्य पनि कति निर्दयी हुन्छ। दशौं हजार यात्रीहरू बोकेर आउने रेलहरूले उनको प्रेमीलाई आजसम्म ल्याइदिएनन्। ट्रेन पूरै रोकिन नभ्याउ“दै उनी हतार–हतार नजिकैको डिब्बामा छिर्थिन्। यात्रीहरू उनलाई हेय दृष्टिले हेर्थे र राम्रो व्यवहार गर्दैनथे।

म त्यहा“ बसेर आउने–जाने यात्री, कुल्ली, रेलको डिब्बा, माग्नेहरूलाई हेरिरहेको थिए“। मानिसको यति विशाल समूह कता गइरहेको होला भनेर  मनमा आश्चर्य थियो। म भित्रका तर्कनामा हराएको थिए“। त्यत्तिकैमा मेरो नजर उनमा गएर अड्कियो। तीन दशक उमेर भएकी उनी त्यो पटनाको रेल्वे प्ल्याटफर्मको एक अनन्य पात्र भइसकेकी थिइन्। च्यातिएका कपडा, जङ्ग्रङ केश भएकी उनलाई मैले रेल रोकिएपछि हतारहतार डब्बाभित्र छिरेर अनुहारमा आशाका भावले केही खोजेजस्तो गरेर पुनः निराश हु“दै अर्को डिब्बामा छिरेको देखें।

यसरी टे«नहरू चहारेको मैले अनगिन्ती समय उनलाई देखिसकेको थिए“। कुन चिजको खोज हो, जसले उनलाई फेरि डब्बाबाट निराश अनुहार लिएर बाहिर आउन बाध्य बनाउँथ्यो। रेलका सबै डब्बा चहारिसकेपछि उनी विशादयुक्त भावमा टोलाउँथिन्, दुवै गालाबाट भुइँमा आ“सुका धारा बगाउँदै। उनको मुहारमा एक अनौठो सुन्दरता थियो, असीम दुःख र पराजयको एक मिश्रित अभिव्यक्तिस“गै। उपेक्षा गर्न नमिल्ने उनको त्यो अनुहारमा विशादले अविस्मरणीय छाप छोडेको थियो। उनी कुनै राम्रै पारिवारिक पृष्ठभूमिबाट आएको उनको बानी–व्यहोराबाट थाहा पाउन सकिन्थ्यो।

धेरैपटक देखे पनि मलाई उनको कथा थाहा थिएन। तर, त्यो क्षणमा मलाई उनीबारे बुझ्न कौतुहल जागेर आयो। मैले त्यहा“ चिया बेच्ने एक पसलेलाई उनका बारेमा सोधें। उनीबाट सुनेको त्यो दर्दनाक कथाले आजसम्म मलाई विचलित पारिरहन्छ।

उनी विहारको कुनै सानो शहरबाट आएकी थिइन्। करिब २० वर्षको उमेरमा उनी जुन कलेजमा पढ्थिन्, त्यही कलेजका एक युवकस“ग उनको प्रेम बसेछ। त्यस व्यक्तिले उनलाई बिहे गर्ने भनी फकाएछ र त्यही प्रेमीको पछि लागेर बा“की जीवन पनि आफ्नै हृदयको राजकुमारस“ग बिताउने सपना बोकेर उनले घर छोडिछन्। पटनाको एक होटेलमा बसेर परिवारको अंकुशबाट मुक्त उनीहरूले रमाइला क्षणहरू साथमा बिताए।

एक दिन बिहान उनका युवा प्रेमी ‘पैसा सकियो। म त्यसको बन्दोवस्त गर्न घर जान्छु, तिमी यहीं पर्खिरहनु’ भनी त्यही रेलवे स्टेसनमा उनलाई कुराएर रेलबाट कतै लागे। ती युवतीले उनको पर्खाइमा त्यो रात त्यहीँ कटाइन्। अर्को दिन पनि प्रतीक्षामा बित्यो। यसरी कयौं दिनहरू बिते। भोलि आउ“छु, पर्खेर बस भनी हिँडेका उनका प्रेमी पछि फर्केनन्। यो प्रतीक्षाले दशक नाघ्यो।

उनको मानसिक स्थितिमा ठूलो आघात प¥यो र उनले मानसिक सन्तुलन गुमाइन्। सायद घरका मानिसहरूले पनि उनलाई फर्काउन कुनै चासो राखेनन्। उनको त्यो दारुण मानसिक स्थितिको फाइदा उठाउनेहरूको कमी पनि भएन। उनले यौन उत्पीडन पनि सहनुप-यो। तर, यस माझ अझै पनि उनी अब आफ्नो प्रेमीको आगमनको प्रतीक्षामा छिन् र उनको खोजमा त्यहा“ रोकिने सबै ट्रेनको डब्बाहरूमा प्रत्येक दिन खोजी गर्थिन्। नियतिको यत्रो वज्रपात उनका कलिला स्नायुतन्तुले सहन सकेनन्– उनले आफ्नो नाम, ठेगाना, विगत सबै बिर्सिन्। उनले केही मागेको पनि देखिन्थेन। कसैले दयाले केही खाने कुरा उनको छेउमा राखिदिए पनि त्यसमा उनको विशेष ध्यान जान्थेन। जब टोलाएर उनी वर्तमानमा फर्किन्थिन्, तब उनी त्यो खाने कुरा यान्त्रिक तरिका खान्थिन्, मानांै कुनै पूरा हुन नसकेको बाचाका लागि बाँच्न उनी अभिशप्त छिन्। 

उनको मनले विगतलाई पूर्णरूपले विस्मृत गरिदिएको भए पनि उनको त्यो निष्ठुर प्रेमीले दिएको कसमलाई भने विस्मृत गर्न सकेको छैन। मन त्यसमा हारेको छ। त्यो दृश्यले मेरो हृदय अति द्रवित भयो। फर्किने कसम खाएर फेरि कहिल्यै देखा नपरेको त्यो प्रेमीको हृदय कति कठोर थियो होला। मानिस कतिसम्म निष्ठुरी हुन सक्छ। म एक खम्बामा अडेस लागेको उनलाई नियालिरहेको थिएँ। नजिकैको निशान चुकेको एक शिकारीजस्तै पराजित मनस्थिति र कुण्ठाले उनलाई चारैतर्फबाट गा“जेको थियो।  

त्यसै बेला कुनै रेल स्टेसनमा आइपुग्यो। त्यो अजंगको यन्त्र जब स्टेसनमा रोकिन्थ्यो, उसले प्ल्याटफर्मलाई केही न्यानोपन छोड्थ्यो। उनका आ“खामा एक तेज उत्रिन्थ्यो। निधारमा देखिने नीला नसाहरू एक्कासि फुलेर आउ“थे। एक हातले चोलो समात्दै उत्साहपूर्वक उनी उभिन्थिन्। सारा शरीर आशाले पुलकित देखिन्थ्यो।

भाग्य पनि कति निर्दयी हुन्छ। दशौं हजार यात्रीहरू बोकेर आउने रेलहरूले उनको प्रेमीलाई आजसम्म ल्याइदिएनन्। ट्रेन पूरै रोकिन नभ्याउ“दै उनी हतार–हतार नजिकैको डिब्बामा छिर्थिन्। यात्रीहरू उनलाई हेय दृष्टिले हेर्थे र राम्रो व्यवहार गर्दैनथे। बालबालिकाहरू उनीस“ग डराउँथे, स्त्रीहरू उनका च्यातिएका कपडाबाट उनको शरीरमा हेर्थे र मुख बिगारेर ठालुपन देखाउँथे। उनी मुसाले झैं तर्किंदै तीव्र गतिले आफ्नो खोजमा अघि बढ्थिन्। उनी यो सभ्य समाजको मान्यता र बुद्धिमान्हरूको धारणाबाट अस्पर्शित थिइन्। उनको त्यो भित्रको प्रेम सावित्रीको झैं थियो। कहानी लेख्न बाँकी मजनुको झैं उनको व्यथा र कथा थियो। यो संसारले दया त के देखाउँथ्यो र ? उनलाई पागल र तुच्छ भनेर दुत्का¥यो धेरै। कुनै दिन उनको त्यो दुःखद् कथा पढेर यो जगत्ले आ“सु बगाउनेछ।

सायद सच्चा प्रेमीको नियति यस्तै हुन्छ। मेरा आ“खा फेरि रसाए। मभित्र एक आ“धी चलिरहेको थियो। आचार्यश्रीले त मलाई कुनै बाचा गर्नुभएको थिएन। तर, म उहा“को भइसकेको थिए“। नदी विशाल समुद्रमा मिलेपछि शान्त भएझैं मैले पनि उहा“लाई नभेटेसम्म त्यो आ“धी थामिने थिएन। विछोडको पीडाले मलाई पनि बिथोलिरहेको थियो। म ती प्रेमीको खाली हृदय महसुस गर्न सक्थे। उद्दाम वेगमा उडान भर्ने प्रेम कलिला पखेटा काटिएर यो समाजको यान्त्रिक ढा“चामा कहिल्यै नसुक्ने प्लास्टिकका पूmलमा परिवर्तित हुनुप-यो भने त्यो कति पट्यार लाग्दो होला ? सच्चा प्रेमले दुःख, विशाद र विछोड ल्याउँछ र सायद यही नै प्रेमको आफ्नो रहस्य खोल्ने गुप्त उपाय पनि हो।

ती चार दिनमा आचार्यश्रीले मलाई अर्कै लोकमा पु¥याइदिनुभयो। त्यो लोक प्रेमको शिखर छु“दा र शिखरबाट तल फालिँदा र स्वयम् प्रेममै बिलाउ“दाको अतिरेक आनन्दबाट मभित्रै व्यक्त भयो। प्रेमपथमा अबुझ हुनु सायद यसको पुरस्कार हो। यो कथा कसैका लागि तुच्छ हुनसक्छ, कसैलाई लागि एक उद्दाम भावको अभिव्यक्ति लाग्न सक्छ। तर, प्रेमलाई बुझ्न प्रेमी नै हुनुपर्छ। धेरैलाई नभए पनि तपाईंले यो पढ्नुभयो भने त्यसको झलक अवश्य पाउनुहुनेछ।

(२८ वैशाखदेखि बुक हिल पब्लिकेसनले बजारमा ल्याउन लागेको स्वामी आनन्द अरुणको संस्मरण पुस्तक ‘ओशो अचम्म जो मैले देखें’ बाट)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad