८ वैशाख २०८१ शनिबार
राजनीति

‘नयाँ केही छैन, आश्वासनमात्र’

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम आश्वासनको मात्रै भएको आरोप लगाएका छन्। कांग्रेस संसदीय दलको नेतासमेत रहेका देउवाले नीति तथा कार्यक्रममा कुनै नयाँपन नरहेको दाबी गरे। ‘केही पनि नयाँ कुरा छैन,’ देउवाले भने, ‘खाली आश्वासनमात्रै छन्। गत वर्षभन्दा कुनै फरक छैन।’

त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम फितलो रहेको टिप्पणी गरेका छन्। नीति तथा कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनीक गर्दै उनले लेखेका छन्, ‘सरकारको नीति तथा कार्यक्रम सुन्दा निकै कर्णमधुर छ। राम्रो लेखकको निबन्धजस्तो सलल बगेको छ। बाँडिएका सपनाहरू सुन्दर छन् तर तिनलाई विपनामा परिणत गर्ने कार्यक्रम छैन वा फितलो छ।’

उनले संरचनात्मक परिवर्तनका ठोस आधार नभएको भन्दै लेखेका छन्, ‘निरन्तरताका कुरा छन् तर संरचनात्मक परिवर्तनका ठोस आधार छैनन्।’ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको आरोप लगाउँदै सांसद गगनकुमार थापाले भने, ‘गएको वर्षको नीति तथा कार्यक्रममध्ये केके पूरा भयो, केही उल्लेख छैन। मिसमास गरिएको खोक्रो र आधारहीन छ।’

प्रकाशित: २१ वैशाख २०७६ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App