coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सरकारको प्राथामिकता क्रिकेटमै, अझैं ओझेलमा राष्ट्रिय खेल

काठमाडौं – एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेटलाई उच्च प्राथमिकता दिँदै नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा क्रिकेट खेलका लागि मुख्य प्राथमिकता दिइएको हो । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय खेल भलिबलप्रति भने उदासीन देखिएको छ । यसअघि नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरे पनि त्यसको विकासका लागि कुनै पनि कार्यक्रमहरू सार्वजनिक गरिएका छैनन् ।

नेकपाकै अध्यक्ष पुष्पकमल दाहालको पालामा राष्ट्रिय खेल घोषणा भएको भलिबलमा यसपटक केही योजनाहरू सार्वजनिक गर्ने आशा लिए पनि त्यसो हुन सकेन । हरेक पटकझै ओली नेतृत्वको सरकारले पनि १३औं सागसँगै क्रिकेटमा मात्र ध्यान केन्द्रित गरेको छ ।  घोषणा कार्यक्रममा सरकारले काठमाडौंको मूलपानीमा निर्माणाधीन मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई दुई वर्षभित्र सञ्चालनमा ल्याउने दाबी गरेको छ ।

मुआब्जा विवाद समाधान गरेको सरकारले मैदानलाई दुई वर्षभित्र निर्माण सम्पन्न गराउने उद्देश्य राखेको छ । यस्तै सरकारले नीजि स्तरबाट सञ्चालन भइरहेका क्रिकेट प्रतियोगिता र पुर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
यस्तै घोषणा कार्यक्रममा काठमाडौं उपत्यकामा अत्याधुनिक राष्ट्रिय खेलकुद परिसरको भवन निर्माण गर्न अर्को वर्षभित्र डिपिआर निर्माण गर्ने योजना अगाडि सारेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आवश्यक पुर्वाधार निर्माण समयमै सम्पन्न गरेर १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग यसै वर्षभित्र सम्पन्न हुने बताइन ।

काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याइने दाबी गरेको छ । निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेटलगायतका खेलका मैदानहरूको निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्ने उल्लेख गरेको छ । क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरिनेछ ।

काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय खेलकुद परिसर निर्माण गर्न आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने भएको छ । सबै प्रदेशमा सुविधासम्पन्न रंगशाला र स्थानीय तहमा दीर्घकालीन महŒवका खेलग्रामको निर्माण, विकास र विस्तार गर्ने कार्यलाई तीव्र्रता दिइने सरकारले जनाएको छ ।

राष्ट्रिय खेल घोषणा भएको भलिबलमा यसपटक केही योजनाहरू सार्वजनिक गर्ने आशा लिए पनि त्यसो हुन सकेन । हरेक पटकभैm वर्तमान सरकारले पनि १३औं सागसँगै क्रिकेटमा मात्र ध्यान केन्द्रित गरेको छ ।

प्रकाशित: २१ वैशाख २०७६ ०१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App