coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्साका ९ गाविसमा शतप्रतिशत विद्यार्थी भर्ना

पर्साको सियरही सथवलमा आयोजित शैक्षिक महोत्सव। तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– पर्साको बर्वा छोटैली स्रोतकेन्द्र अन्तर्गतका ९ गाविसलाई पूर्ण साक्षर घोषणाको आधार तय भएको शनिबार यहाँ आयोजित स्रोतकेन्द्रस्तरीय शैक्षिक उत्सव कार्यक्रमका वक्ताहरुले बताएका छन्। ६ वर्षदेखिहरेक वर्ष हुँदै आएको महोत्सव क्रममा बोल्ने बक्ताहरुले यस्तो बताए।

‘विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा लैजान चुनौती रहेको बेला पर्साको यो स्रोत केन्द्रले शतप्रतिशत भर्ना गर्नु उपलब्धी हो,’ मधुवन मथवलस्थित सियरही सथवल माविमा शनिबार आयोजित कार्यक्रममा बोल्दै मध्यमाञ्चलका निमित्त क्षेत्रीय निर्देशक कृष्ण घिमिरेले  भने, ‘हामीले गाउँ, विद्यालय, जिल्ला हुँदै देशलाई नै पूर्ण साक्षर बनाउने लिएको लक्ष्यमा यो एउटा खुड्किलो हो।’

कार्यक्रममा बोल्दै पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीले स्रोत केन्द्रअन्तर्गतका गाविसहरु पूर्ण साक्षर घोषणाको आधार तयार भएकोमा प्रसंशा गर्दै विद्यालयको कक्षा कोठामा हुने अभ्यासको सिकाईको मापनका सूचक तयार गर्न बिद्यालयका प्रधानाध्यापकहरुलाई निर्देशन दिए । उनले भने, ‘स्रोतकेन्द्र अन्तर्गतका शतप्रतिशत छात्र छात्राहरु विद्यालय आउन थाल्नु उल्लेखनीय उपलब्धी हो, यसलाई निरन्तर कायम राखन सक्नुपर्छ।’ स्रोत व्यक्ति प्रमोद तिवारीले आउँदो पुसमा स्रोतकेन्द्र अन्तर्गतका गाविसहरु पूर्ण साक्षर घोषणा गर्ने बताए।

यस स्रोत केन्द्रमा विद्यालय भर्ना अभियान शत प्रतिशत रहेको छ। स्रोत केन्द्रमा ५१ वटा सामुदायिक र ७ वटा निजी विद्यालय रहेका छन्। स्रोत केन्द्रमा स्थापित बासुदेव तिवारी स्मृति प्रतिष्ठान पुरस्कार यहाँका उत्कृट छात्रछात्रालाई बितरण गरियो। प्रतिष्ठानका संयोजकसमेत रहेका तिवारीले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ का उत्कृष्ठ छात्राछात्रालाई समेत पुरस्कार दिने गरी अक्षयकोषमा रकम थप गरिने घोषणा गरे।


 

प्रकाशित: ६ कार्तिक २०७३ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App