६ वैशाख २०८१ बिहीबार
भिडियो

हरिसिद्धिको ४ सय २० रोपनी जग्गा भू-माफियाको कब्जामा

काठमाडौं– ५४ वर्षअघि सरकारीकरण गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गा भू-माफियाले व्यक्तिको नाममा नामसारी गरेको प्रमाण सतहमा आएको केही दिनपछि ललितपुरमा ४ सय २० रोपनी जग्गा भू-माफियाले कब्जा गरेको तथ्य फेला परेको छ। हरिसिद्धि इँटा टायल कारखानाका सञ्चालकद्वय तथा एनबी समूहका जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठले कारखानाको जग्गा हडपेको स्थानीयले बताएका छन्।
 
चिनिया सरकारको सहयोगमा बनेको कारखाना निर्माणका लागि विक्रम संवत २०२१ सालमा कृषकबाट अधिग्रहण गरिएको ४ सय २० रोपनी जग्गा मध्ये  करिव ४ सय रोपनी जग्गा श्रेष्ठ दाजुभाई द्वय र विभिन्न व्यापारी, उद्योग प्रतिष्ठान तथा भू-माफियाले कब्जा गरेको पाइएको हो।
 
मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको पनि जग्गा रहेको तथ्य फेला परेपछि भू माफिया, व्यापारी र राजनीतिक नेतृत्वबीचको अन्तर सम्बन्ध छताछुल्ल भएको थियो।
 
व्यक्तिगत स्वार्थ, आन्तरिक कलह र राजनीतिक रंगले रंगिएपछि ४ सय २० रोपनीमा फैलिएको कारखाना करिव बन्द हुने स्थितिमा त पुगेको छ नै सँगै भू-माफियाले कारखानाको अस्तित्वनै मेटिने गरि सबै जग्गा आफ्नो कब्जामा लिएको पाइएको छ।
हरिसिद्धिको जग्गा अहिले एनसिसी बैंकको नाममा ९५ रोपनी, बागमती हाउजिङको नाममा २५ रोपनी,बी एन्ड बी हस्पिटल प्रालिको नाममा ४७ रोपनी छ। त्यस्तै कारखानाको जग्गा नेपाल क्यान्सर अस्पतालको नाममा २७ रोपनी, विजयद्वीप ल्याबरटरिजको नाममा ६ रोपनी, विना श्रेष्ठको नाममा २ रोपनी, एनबी बात्रा हस्पिटलको नाममा २३ रोपनी, काठमाडौं सेरामिकको नाममा ३ रोपनी नामसारी गरिएको छ।
 
८५ रोपनी एनसिसी बैंकमा धितो राखेर ऋण निकालिए कारखानाको जग्गा नेपाल बंगलादेश बैंकमा ७६ रोपनी धितो राखेर ऋण निकालिएको पाइएको छ। थप जानकारीका लागि हेर्नुहोस् दिनेश लुइटेल/देबु राजबंशी र दिपेन्द्र रोक्काले तयार पारेको भिडियो रिपोर्ट:

प्रकाशित: २० वैशाख २०७६ १६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App