coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सेनाले बनाइदियो सार्वजनिक शौचालय

शौचालयको साचो हस्तान्तरण गर्दै पृतनापति उपरथि सरोजप्रताप राना

रुकुम - नेपाली सेनाले रुकुम (पश्चिम)मा सार्वजनिक शौचालय निर्माण गरेको छ।

जिल्लाको मुसीकोट नगरपालिका ४ सितपोखरीमा नरसिंह दल गण रुकुम सल्लेले सार्वजनिक शौचालय निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरेको छ। उक्त ठाउँमा सर्वसाधारणको अत्यधिक भीड हुने गर्दछ।

रुकुम (पूर्व), दाङ, नेपालगञ्ज लगायत ठाउँबाट आउँन यात्रुलाई यहाँ गाडीले रोक्ने गर्दछ। मुख्य व्यापारिक केन्द्र समेत रहेको सितलपोखरीमा करिब ६ लाख बराबरको लगानीमा सार्वजनिक शौचालयको निर्माण गरेको सेनाले जनाएको छ।

मान्छेको चलहपहल बढी हुने ठाउँमा एउटा पनि शौचालन नहुँदा विशेष गरेर महिलाहरुलाई समस्या पर्ने गरेको थियो। भने खुला रुपमा दिसा पिसाव गर्दा अत्यधिक फोहोर समेत बढ्दै गएको थियो।

निर्माण गरिएको शौचालय नेपाली सेनाको उत्तर पश्चिम पृतना सुर्खेतका पृतनापति उपरथि सरोजप्रताप रानाले शुक्रबार नगरपालिका ४ नम्बर वडाध्यक्ष निर्मलकुमार पुनलाई हस्तान्तरण गरेका थिए।

शौचालयको साचो बुझाएर उनले हस्तानतरण गरेका हुन्। शौचालय हस्तान्तरण गर्दै उपरथि रानाले सामाजिक उत्तरदायित्व बहन गर्दै आफूहरुले शौचालय निर्माण गरेको बताए।

प्रकाशित: २० वैशाख २०७६ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App