८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस लोकमानलाई बचाउने पक्षमा छैन: सांसद पाण्डे

कृष्ण ओली

बाजुरा-  नेपाली कांग्रेस केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डेले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बचाउने पक्षमा कांग्रेस नरहेको बताएका छन्। 'लोकतन्त्र र विधिको शासन विरोधी जो कोहीलाई पनि संरक्षण गर्न कांग्रेस तयार छैन्', पाण्डेले भने।

नेपाल सांस्कृतिक संघको दोस्रो जिल्ला अधिवेशनलाई सम्वोधनमा बोल्दै सांसद समेत रहेका पाण्डेले महाअभियोग ल्याउने विषयमा एमालेले काँग्रेससँग कुनै औपारिक अनौपचारिक छलफल र कुराकानी नगरी एकाएक नाटकीय पाराबाट अभियोग पत्र पेश गरेको बताए। 'काँग्रेस एमालेको जस्तो छलकपट र गद्दारी गर्ने पक्षमा छैन्, काँग्रेसलाई त्यस्तो गर्न पनि सुहाउँदैन्, तरपनि अधिकारको दायरा नाघेका लोकमानलाई पदमा राखिराख्न हुँदैन'  उनले भने।

                'लोकमान राम्रो पात्र होइनन्, उनको चरित्र ठिक छैन्, नियुक्तीकै समयमा विवादीत थिए, त्यसैले उनको विदाई नै उपर्युक्त विकल्प हो', पाण्डेले भने।

प्रकाशित: ६ कार्तिक २०७३ १०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App