coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उत्तर सिकाएर शिक्षक नियुक्त गरेको आरोप

बाजुरा - वैैशाख १८ गते बडिमालिका नगरपालिका ८ मष्टेश्वरी आधारभूत विद्यालयले लिएको शिक्षक भर्ना परीक्षामा प्रश्नपत्र बाहिरिएको उम्मेदवारहरुले नै आरोप लगाएका छन्। मोबाइलमा वस्तुगत प्रश्न पहिले नै म्याजेर गरी पठाएको आरोप उम्मेदवार दलबहादुर थापाको छ।

परीक्षामा पाँच जना सहभागी थिए। तीमध्ये राधिका रावल र प्रकाश महत उत्तीर्ण भएका छन्। भने दलबहादुर थापा, हिमकला रावल र गोपाल रावल अनुत्तीर्ण भए।

परीक्षा निष्पक्ष नभएको र आस्था मिल्ने र आफू अनुकुललाई नियुक्त गरिएको आरोप अनुत्र्तीण भएकाको मात्र छैन्, स्थानीय सुरेश थापा पनि त्यो कुरा सत्य भएको बताउँछन्।

सेवा गरेका र स्थानीय सेवा क्षेत्रकालाई पहिलो प्राथमिकता हुनु पर्ने हो। त्यो नभएपछि सेवा क्षेत्रका अधिकांश अभिभावक नै आक्रोशित छन्।

आवेदन फारमसमेत विमा कम्पनीको कार्यालयमा राखिएको आरोप स्थानीयको छ। अध्यापन अनुमति पत्र नभएकै कारण कार्यालयमा थन्काएर राखेको श्रोतको दाबी छ। परीक्षाको अघिल्लो दिन मात्र नगरपालिकामा कागज पत्र बुझाइएको कार्यालय सहयोगी नरि रावलको समेत भनाइ छ।

परीक्षा निष्पक्ष भएन र आस्था मिल्ने र आफू अनुकुललाई नियुक्त गरिएको थुप्रै आधारहरु विद्यालय सहायक कै भनाइबाट पनि पुष्ट गर्न सकिने असन्तुष्ट पक्षको आरोप छ।

'लाज नमानी पूरा गरिएको प्रक्रियाले दलका कार्यकर्ता भर्ना हुने वा योग्य नागरिक जन्माउने असल शिक्षक ? एक स्थानीयले प्रश्न गरे। नगरपालिका कांग्रेसले जितेकोले सबै विद्यालयमा यस्तै भएको उनको दाबी छ।

तर यी आरोप स्वीकार गर्ने पक्षमा विद्यालय व्यवस्थापन समिति छैन, हामीले निष्पक्ष र पूर्वाग्रहीबिना परीक्षा लिएको दाबी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर थापा बताउँछन्।

समिति अध्यक्षको दाबीमै स्थानीयलाई विश्वास गर्ने ठाउँ नै छैन। अध्यक्षकै अनुरोध, नगरपालिकाका उपल्लो पदका जनप्रतिनिधीको निर्देशन र रोस्टरको सहमतिमा उक्त काम गरिएको आरोप परीक्षामा सहभागि उम्मेदवार र केही अभिभावकको छ। तर परीक्षा समिति ंसंयोजकको भूमिका निर्वाह गरेका रोस्टर कुस्मराज पण्डितले भने लेखेकै आधारमा नम्मर दिएको र अरु कुरा थाहा नभएको बताउँछन्।

पण्डित यसअघि पनि रोस्टरको भूमिकामा हुँदा विवादित बनेका थिए। नगरपालिकाले नगरभित्रका २५ वटा सामुदायिक विद्यालयभित्र ४७ जना नगर स्वयम सेवक शिक्षक राख्ने निर्णय गरेको छ। अरु विद्यालयमा पनि यस्तै विवादित र आरोपितका बीचमा भर्ना गरिएको आरोप लाग्ने गरेको छ। तर यसमा नगर प्रमुख पदम बडुवालले भने हुँदै नभएको कुरा हो भनेका छन्। प्रमाण भए कानुनी प्रक्रिया जान उनले चेतावनी दिए।

 

प्रकाशित: २० वैशाख २०७६ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App