७ वैशाख २०८१ शुक्रबार
राजनीति

'आगामी वर्ष इतिहासकै तीव्र आर्थिक विकासको वर्ष'

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तिब्र आर्थिक विकासको वर्ष हुने बताएकी छन्।

संसदमा सरकारका तर्फबाट २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले हरेक दिन एक कदम अघि बढ्ने सरकारको नीतिअनुसार जनतामा उत्साह छाएको बताइन्। मावनीय क्षमता विकास, राष्ट्रिय सम्पति निर्माण, विधिको शासनलगायतका विषयलाई नीति तथा कार्यक्रममा प्रथमिकतामा राखेको छ। लामो समयदेखि अधुरो रहेका राष्ट्रिय गौरवका योजना समयमै पूरा गरिने लक्ष्य राखिएको छ।

बुढी गण्डकी आयोजनामा तीव्र रुपमा काम गर्ने सरकारको लक्ष्य छ। मेलम्ची खानेपानी आयोजना आर्थिक वर्षमै पुरा गर्ने सरकारको लक्ष्य छ। ४ वर्षभित्र मध्यपहाडी राजमार्ग पूरा गर्ने र यो वर्ष कालीगण्डकी करिडोरअन्तर्गत कोरला नाकासम्म १२ महिना सवारी चल्ने बनाउने सरकारको लक्ष्य छ। नयाँ आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ।

गौतम बुद्ध विमानस्थल सन् २०१९ र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सञ्चालनमा ल्याइने भएको छ। निजगढ विमानस्थलको निर्माणकार्य शीघ्र गरिने भण्डारीले बताइन्। त्रिभुवन विमानस्थललाई २४ सै घण्टा सुचारु गर्दै वुटिक विमानस्थल बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। ग्रमीण क्षेत्रका विमानस्थलको स्तरोन्तति गरिने समेत राष्ट्रपतिले बताइन्। उनले पोखरा विमानस्थलको ४० प्रतिशत काम सम्पन्न भएको बताइन्।

राष्ट्रपति भण्डारीले देशमा पृथकतावाद र हिंसाको राजनीति अन्त्य भएको बताइन्। अन्तराष्ट्रिय जगतमा नेपाल प्रतिको आकर्षण बढेको नीति तथा कार्यक्रममा उल्लेख छ। लगानी सम्मेलनमा लगानीका महत्वपूर्ण सम्झौता हुनुले लगानीको लागि नेपाल उर्वर भूमि रहेको दाबी गरिएको छ।

समुन्द्रमा नेपालको झण्डासहित पानी जहाज, रेलमार्ग, पहाडमा सुरुङ मार्फत यातायात, आफ्नै स्याटलाइट मार्फत सूचना प्रवाहका सोचहरु यथार्थमा परिणत हुँदै भएको सरकारको भनाइ छ। रेलमार्ग निर्माणको लागि प्रविधिक अध्ययन सम्पन्न भइसकेको छ।

अवको आर्थिक वर्षमा तीन सय पुलको निर्माण गरिने भएको छ। आवास योजना अन्तर्गत ८ हजार आवास एकाइ निर्माण गरि विपन्न जनतालाई आवास उपलव्ध गराइएको राष्ट्रपतिले बताइन्।

जापान र मलेसियासँग श्रम सम्झौता नेपाली मजदुरको हितमा भएको उल्लेख छ। जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य विमा गर्न सुरु गरिएको छ। यो वर्ष पर्यटन आगमनमा ३३ प्रतिशतले वृद्धि भएको सरकारले बताएको छ।

प्रकाशित: २० वैशाख २०७६ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App