coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नक्कली बम राखेर ३० लाख माग्ने दुई जना पक्राउ

रौतहट - नक्कली बम राखेर ब्यापारीसँग ३० लाख माग गर्ने एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गौर नगरपालिका ५ धरखण्ड चोकमा एक हप्ता अघि नक्कली बम राख्ने भारत बिहारका प्रेम पासवान र गौर नपा ५ का किशोर रायलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

उनीहरुले स्थानीय एक ब्यापारीको पसल अगाडि शंकास्पद बस्तु राखेर ३० लाख रुपैयाँ माग गरेका थिए। शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर बम डिस्पोज गर्न आएको नेपाली सेनाको टोलीले उक्त बस्तु बम नभई होक्स बम (नक्कली) भएको बताएको थियो। उनीहरुले ३० लाख नदिए उक्त बम पड्काउने भन्दै ब्यापारीलाई तर्साएका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार पासवानले धम्क्याउने र रायले बम बनाउने काम गरेका थिए। उनीहरुको साथबाट ४ थान मोबाइल, नेपाली र भारतीय टेलिकमका सीम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले बताए। उनीहरुलाई मुलुकी अपराध संहिताको  विस्फिोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा चलाइने उनले बताए।

प्रकाशित: २० वैशाख २०७६ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App