coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एक किलो सुनसहित एक जना पक्राउ

रौतहट - प्रहरीले एक किलो सुनसहित एकजना तस्कर पक्राउ गरेको छ।शुक्रबार गौर नगरपालिकाको वडा नम्बर ४  बसपार्कबाट लु ४१ प  ५८०३ नम्बरको मोटरसाइकलमा एक किलो तस्करीको सुन बोकेर हिडेका वडा नम्बर ५ का २१ वर्षीय अनुकेश शाहलाई प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट २ सय ५० ग्रामका सुनका ४ बिस्कुट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए। सुन सहित पक्राउ परेका शाहलाई आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथरैया पठाइएको एसपी खत्रीले बताए।

प्रकाशित: २० वैशाख २०७६ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App