७ वैशाख २०८१ शुक्रबार
अन्य

स्वास्थ्यवर्धक जुस

निरोज शर्मा कारन्जित र सजन सुवेदी स्वदेशमै व्यापार गर्न चाहान्थे। तर, उनीहरूले केको व्यापार गर्नेबारे पहिल्याउन सकेका थिएनन्। मर्निङ वाकका क्रममा महिलाले जुस बेचेको देखेपछि उनीहरूले जुस पसल चलाउने योजना बनाए।
उनीहरूले ती महिलाकहाँ एक साता जुस खाए। जुसको माग र ग्राहकबारे रिसर्च गरे। र, जुस पसल सुरु गरे। पसलको नाम जुराए, ‘नेचर ओ जुस बार’।

‘कुन जुसले बढी फाइदा लिन्छ भनी चिकित्सकसँग सरसल्लाह ग-यौं,’ निरोजले भने, ‘त्यसपछि स्वास्थ्यवर्धक जुस पसल खोल्ने निश्कर्षमा पुगेका हौं।’ पसलमा सबै प्रकारका फलफूलको जुस पनि पाइने गरेको उनले बताए।
‘नेचर ओ जुस बार’ मा उपलब्ध केही हेल्थ ओरेन्टेड जुसः
जमरा जुस
यसले क्यान्सर लगायतका रोगबाट केही हदसम्म उनी बताउँछन्। यो जुस बिहान खाली पेटमा जमराको जुस खाइने उनी बताउँछन्। उनी भन्छन्, ‘शारीरिक अवस्था अनुसार सोच विचार गरेर पिउनुपर्छ, ४०–५० एमएल खानु पर्छ।’ स्वास्थ्यको लागि जमराको जुस हितकारी हुने उनी बताउँछन्। ‘जमराको जुसले शरीरको पाचनशक्तिलाई राम्रो गर्छ,’ उनले भने। शरीरको अवस्था हेरी जमराको जुस प्रयोग गर्नु पर्ने उनी बताउँछन्।

क्यारोट हनी


गाजरको जुसमा मह राखी तयार पारिएको हुन्छ, क्यारोट हनी। हनीको स्वाद नरुचाउने र खान नहुनेका लागि नराख्ने उनी बताउँछन्। उनी भन्छन्, ‘क्यारोट शरीरको लागि निकै लाभदायक छ। हनी क्यारोट जुसको लागि अप्सन हो।’ छालाको लागि क्यारोटलाई निकै उपयोगी मानिन् भएकाले स्वास्थ्यको लागि निकै उपयोगी हुने उनले बताए। हनी र क्यारोटको फ्युजन कम्बिनेसन मिल्ने हुनाले स्वाद र स्वास्थ्यको लागि लाभदायी हुने उनले बताए। क्यारोट हनी जुस कलेजोको लागि लाभदायक हुने उनी बताउँछन्।

बिट हनी
बिटरुट र हनीको कम्बिनेसन बनाएर तयार पारिएको हुन्छ, बिट हनी। शरीरमा रगतको कमी भएपछि बिटरुट खानु उपयुक्त मानिने उनी बताउँछन्। उनी भन्छन्, ‘स्वास्थ्यको लागि बिटरुटको जुस स्वास्थ्यवद्र्धक भए पनि स्वाद मिठो नमान्नेका लागि हनी राखी स्वादिलो बनाइएको हो।’

बिटरुटलाई सलादको रुपमा खाए जसरी जुसमा स्वाद नहुने भनेपछि हनीले स्वादिलो बनाएको उनको भनाइ छ।

कुकुमबर जिरा
कुकुम्बर अर्थात् काँक्रामा पानीको मात्रा पाइने भएकाले गर्मीमा शरीरलाई उपयुक्त हुने जानकार बताउँछन्। उनी भन्छन्, ‘काँक्रामा ९५ प्रतिशत पानी हुन्छ, त्यसैले गर्मीमा काक्रा खानु निकै उपयोगी मानिन्छ।’

जिराको धुलो राखेर बनाइएको काक्राको जुस धेरैको रोजाइमा परेको उनी सुनाउँछन्।

फ्याट फ्ल्स
फ्याट फ्ल्स अर्थात् बोसो घटाउनको लागि पिइने उनी बताउँछन्। कलिलो साग, एबोगाडो, केरा लगायत थरीथरीका हरिया तरकारीको मिक्सअप गरी फ्याट फल्स तयार गरिन्छ। यसले शरीरमा जम्मा भएको बोसो घटाउन मद्दत गर्ने उनले बताए। सामान्यतयाः तीन महिनासम्म निरन्तर पिउँदा शरीरको बोसो घट्ने उनको भनाइ छ।

बडी डिटोक्स
बडी डिटोक्स फलफूलको समिश्रणबाट तयार पारिने उनी बताउँछन्। यो जुस अल्छीपन हटाउन उपयुक्त हुने उनको भनाइ छ। प्रायः शरीरमा भएको अनावश्यक कारक तत्व हटाउनलाई बडी डिटोक्सले मद्दत गर्ने उनले बताए।

फ्रेसनेसका लागि यो जुस रुचाइएको उनी बताउँछन्। उनी भन्छन्, ‘मादकपदार्थ सेवन गरेपछिको ह्याङ उतार्नको लागि बडी डिटोक्स जुस खान आउनेको संख्या धेरै छ।’

प्रेसर मेन्टेइन
जमरा र फलफूलको जुसको समिश्रण हो, प्रेसर मेन्टेइन। प्रेसर लो भएकाका लागि यो जुस फाइदाजनक हुने उनी बताउँछन्। त्यसकारण प्रेसर लो भएका बिरामीका लागि यो जुस तयार पारिएको उनको भनाइ छ।

इनर्जी बुस्टर
गर्मीमा इनर्जी बुस्टरले अल्छीपन हटाउन मद्दत गर्ने उनी बताउँछन्। ‘इनर्जी बुस्टरले शरीरमा फुर्तिलोपन ल्याउन मद्दत गर्छ,’ उनले भने। यो जुस तरकारी र फलफूलको समिश्रण गरेर तयार गरिएको उनले बताए।

खानपानले गर्दा शरीरको अवस्था तल–माथि हुने भएकाले विशेष ध्यान दिन उनी सुझाउँछन्। ‘मानिस जब शारीरिक र मानसिक रूपले सक्रिय, फूर्तिलो अनि स्वश्थ्य हुन्छ तब मात्र काम गर्न सक्छ,’ उनले भने।
 

प्रकाशित: २० वैशाख २०७६ ०६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App