‘विप्लवलाई नाँच्ने फुर्सद छैन्’

शुक्रबार, २० बैशाख २०७६, १० : ०० नागरिक

काठमाडौं – झण्डै दश वर्ष अघि तत्कालिन नेकपा माओवादीले सिंहदरबार घेर्ने आन्दोलन गरिरहँदा त्यो समयमा नायिका रेखा थापा चर्चामा आइन्। भद्रकाली मन्दिर अगाडि तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ‘लालुपाते नुघ्यो भुइँतिर’ बोलको गीतमा नाँचेपछि रेखाको चर्चा एकाएक चुलियो।

यिनै रेखा केही समय अघि सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेको खबर सार्वजनिक भएको थियो। यिनै रेखा नागरिक नेटवर्कको कार्यक्रम ‘ढुक्क हुनुहोस्ः केही नहुन्जेल केही पनि हुन्न’मा उपस्थित भई कार्यक्रम सञ्चालक नेपाल कन्फ्युज पार्टीका पुष्पकमल गजेरेलका रूपमा कार्यक्रम सञ्चालक बनेका मनोज गजुरेलसँगको अन्तरसंवादमा निकै खुलिन्। उनलाई मनोजले भद्रकालीमा सँगै नाँचेको विषयलाई स्मरण गराएका थिए।

नेकपामा गएपछि पुष्पकमल दाहाललाई खुब नाँच्न आउँदोरहेछ। मैले भाका बिर्सिएँ। किनकी तपाईंले धेरै भाका फेर्नुभयो।

म तपाईंहरूलाई समर्थन गर्न आउँदा धेरैले नजानु भनेर अवरोध पनि गरेका थिए। किनकी एक हप्ता पछि मेरो फिल्म रिलिज हुँदै थियो। तपाईंहरूलाई समर्थन गर्दा जनताको मनबाट बहिस्कृत हुने बेला थिया’, रेखाले भनेकी छन्, ‘त्यो अवस्थालाई पनि वेवास्ता गर्दै क्रान्तिका नायक प्रचण्डलाई साथ दिन आएको थिएँ। नेकपामा गएपछि पुष्पकमल दाहाललाई खुब नाँच्न आउँदोरहेछ। मैले भाका बिर्सिएँ। किनकी तपाईंले धेरै भाका फेर्नुभयो।’

उनले विप्लवलाई नाँच्ने फुसर्द नभएको दाबी गरिन्। ‘विप्लवलाई नाँच्न फुसर्द छैन। फुसर्द भएको भए तपाईंजस्तै उनी पनि सिंहरबारमा हुन्थे’, रेखाले भनिन्, ‘तपाईंले सिकाएको तरबार चलाउने तरिकाबाट अहिले देश र जनताका लागि विप्लवले आवाज उठाईरहेका छन्। राजनीतिको तरबार हातमा आएपछि कसको गला आफ्नो र कसको गला पराईको भन्ने छुट्याउँदैन। तपाईंले त्यो तरबार नचाउन सिकाउनुभयो। जसरी तपाईं तरबार नचाउँदै हिड्नुभयो नि। त्यही तरबार आज अरुले नचाइरहेका छन्।’








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad