साक्षी किनारा

नेपाली कांग्रेसको विवृति

शुक्रबार, २० बैशाख २०७६, ०९ : ५५ सीके लाल

संसदीय निर्वाचनमा खसेको विधिमान्य मतको झन्डै एकतिहाइ हिस्सा ओगट्न सफल नेपाली कांग्रेस संसद्मा सुषुप्त अवस्थामा छ। प्रतिहजार साधारण सदस्यको अनुपातमा सबभन्दा धेरे शास्त्री, आचार्य एवं विद्यावारिधिजस्ता शैक्षिक उपाधि प्राप्त अभिज्ञात विद्वान् पनि नेका पंक्तिभित्रै हुनुपर्छ। सभागारहरूमा तिनको बहस भने कमल थापाका हिन्दुत्ववादी प्रचारकहरूको अधिप्रचारलाई आवर्धन (मैग्नफाइ) गर्ने तहभन्दा माथि कहिल्यै उठ्दैन। नेकपा दोहरोका दुवै अंशभूत दलहरूभन्दा धेरै चिकित्सक, वकिल, अभियन्ता एवं प्राध्यापकहरू अझै पनि आफूलाई ‘प्रजातन्त्रवादी’ भनेर चिनाउन मन पराउँछन्। वैचारिक सम्मेलनहरूमा स्वघोषित प्रगतिशील शिक्षक, पत्रकार एवं स्वास्थ्यकर्मीहरूका आक्रामक तर्कका अगाडि भने तिनको बक पनि फुट्दैन। नेका सिंहदरबारबाट बाहिरिएको धेरै भएको छैन। तर सरकारका संयन्त्रहरूमा प्रमुख प्रतिपक्षको प्रभाव शून्यप्रायः छ।

संसद्, सभागार, सम्मेलनस्थल एवं सरकार सबैतिर सत्ताधारी दल नै व्याप्त भएपछि सडक, प्रमुख प्रतिपक्षको कार्यक्षेत्र हुनुपथ्र्यो। त्यो पनि सन् २००९ देखि निरन्तर सहरिया मध्यम वर्गका सेतो कमिजमा सजिन रुचाउने सप्ताहान्तका फुर्सदिला आन्दोलनकर्ताहरूको कब्जामा छ। स्वाभाविक हो, जबजब सर्वेसर्वा खड्गप्रसाद शर्मा ओली असहज महसुस गर्छन्, दोष जति आफ्ना पूर्ववर्ती प्रधानमन्त्री शेरबहादुर देउवाको टाउकामा थुपारेर उम्कन उनलाई कति पनि गाह्रो लाग्दैन। नेपाल वायु सेवा निगमको ‘वाइडबडी’ काण्ड, पुँजीगत लाभ एवं मूल्य अभिवृद्धि कर छली प्रकरण, ललिता निवास जग्गा झमेला, टुँडिखेलको खुला मञ्च कब्जा, भूकम्प पुनर्निर्माण प्राधिकरणको निकम्मापनजस्ता दोषजति जम्मै नेकाको हो। नेकपा दोहरोको मूल काम दोष देखाउनु हो। असफलताहरूको जिम्मेवारी लिन सर्वेसर्वा ओली कार्यकारी प्रमुख भएका होइनन्। खसआर्यहरूका नृजातीय मुख्तियार भएकाले उनलाई दोस्रोपटक प्रधानमन्त्री पद आइलागेको हो। स्वाभाविक हो, नृजातीय राष्ट्रवादमा जो व्यक्ति जातीय मुख्तियारको विरोध गर्छ, त्यसलाई सहजै ‘राष्ट्रघाती’ ठह-याउन सकिन्छ।

प्रजातन्त्रका प्रवर्तक भएकाले बिपी कोइराला तत्कालीन ‘माले, मण्डले एवं मसाले’ प्रवृत्तिका राजनीतिकर्मीहरूका लागि देशद्रोही थिए। गिरिजाप्रसाद कोइरालालाई नृजातीय वर्चस्वका पक्षधरहरूले राष्ट्रद्रोही घोषणा गरे किनभने उनले समावेशिताको सिद्धान्त कार्यान्वनमा लगेका थिए। प्रतिगामीहरूले गरेको संविधानको विभेदकारी मस्यौदामा आँखा चिम्लेर औँठाछाप लगाउने सुशील कोइरालालाई समेत संसदीय निर्वाचनमा उम्मेदवार भएर ‘अपराध’ गरेकाले मर्ने बेला घरभेदी (क्विज्लिंग) भन्ने उपमा बेहोर्नुपर्ने भयो। त्यस्तो बदनामीको जोखिम उठाउनसक्ने राजनीतिकर्मी नेकामा अहिले कोही पनि छैनन्। त्यसैले नेका ‘राष्ट्रिय जागरण अभियान’ गर्नेतिर लागेको छ। सुतेका छन्, दल एवं तिनका नेता, जागरण भने जनताको अरे ! सत्ताका सहयोगी दलले मात्र यस किसिमको क्रूर राजनीतिक ठट्टा गर्नसक्छ। हुन त सिद्ध तान्त्रिक जामुना गुभाजू, मायावी हिममानव यती एवं समृद्धिको राजनीति गर्ने कम्युनिस्ट भएका देशमा असम्भव भन्ने वचन शब्दकोशमा मात्रै पाइन्छ तर नेकाको तथाकथित ‘राष्ट्रिय जागरण अभियान’ परिहासमा परिणत भयो भने अचम्म हुनेछैन।

नेकपा दोहरोको मूल काम दोष देखाउनु हो। असफलताहरूको जिम्मेवारी लिन सर्वेसर्वा ओली कार्यकारी प्रमुख भएका होइनन्।

सूचनाले सक्षमता बढाउँछ भन्ने मान्यताले एकताका प्रजातन्त्रका प्रवद्र्धकहरू जनचेतना निर्माणलाई ठूलो महŒव दिने गर्थे। जागरुकता ल्याउने जिम्मा देश दुनियाँ देखेका पथप्रदर्शकहरूको हुनुपर्छ भन्ने प्रजातन्त्रको सभ्रान्तवादी मान्यताले गर्दा सन् १९५० पछि नवस्वतन्त्र देशहरूमा जान्ने÷सुन्नेलाई अगुवा मान्ने प्रचलन व्यापक भएको थियो। औपचारिक शिक्षा अभाव, जानकारीमा सीमित पहुँच एवं निर्वाह अर्थतन्त्रका बाध्यताहरूले गर्दा सामान्यजनले राजनीतिमा सक्रियता देखाउने अवस्था पनि थिएन। आधारभूतरूपमा त्यस्तो परिस्थिति नफेरिएको भए तापनि जागरुकता अभाव समसामयिक राजनीतिको मूल समस्या होइन। जाति व्यवस्थाले प्रजातान्त्रिक अभ्यासलाई निस्तेज गर्छ भन्ने कुरा नेकाका केन्द्रीय सदस्य जीवन परियारले प्रचार गर्दै हिँड्नुपर्दैन। त्यो त सबैले बुझेका छन्। त्यसो भए तापनि निर्वाचनमा मत भने धेरैजसोले पाएसम्म स्वजातीय उम्मेदवारलाई नै दिन्छन् किनभने पदको भागबन्डा नातावाद एवं कृपावादमा आधारित छ। नेकाकै अर्का केन्द्रीय सदस्य मीन विश्वकर्मा सिद्धान्ततः नेपालको राष्ट्र प्रमुख हुन सक्छन्। उनी त्यस्तो पदमानका लागि सर्वथा योग्य पनि छन्। तर यो जुनीमा उनलाई बाहुनसरह सामाजिक एवं सांस्कृतिक सम्मान उनका आफ्नै दलभित्रका हिन्दुत्ववादीहरूले समेत दिने छैनन्। राष्ट्रिय दलका कोषाध्यक्ष सीतादेवी यादवलाई राज्यको मुख्यमन्त्री पदका लागि समेत अयोग्य ठह¥याउने संविधानमा उनलाई समेत सहीछाप लगाउन बाध्य पार्ने दलले जागरण अभियान गाउँघरतिर होइन, सबभन्दा पहिले पार्टीको केन्द्रीय समितिमा सञ्चालन गर्न जरुरी छ।

भ्रष्टाचारले राज्य व्यवस्थालाई धमिराले जस्तै भित्रैदेखि कमजोर बनाउँछ भन्ने ज्ञान नेपाल सरकारका पूर्वप्रमुख जिल्ला अधिकारी, सेवानिवृत सचिव एवं अवकाशप्राप्त न्यायाधीशहरूले बाँड्दै हिँड्नुपर्छ र ! घूसखोरी एवं लालफिताशाही व्याप्त भयो भने वैदेशिक लगानी बढ्दैन भन्ने कुरा अमेरिकी राजदूतले नऔँल्याएसम्म कसैलाई थाहा थिएन ? सूचना क्षेत्रको विस्फोटले गर्दा भण्डाफोर भन्ने शब्दको उपयोगिता समाप्त भइसकेको छ। प्रजातान्त्रिक अभ्यासको क्रिडास्थल मिडिया हो। बजारको अधिप्रचारमा संलग्न मिडियाको मूलकर्म प्रतिस्पर्धीहरूको भण्डाफोर हुन पुगेको छ। एकअर्काको ’पोल खोल’ खेल मिडियाका उपभोक्ताहरूलाई रोचक लागे पनि प्रजातान्त्रिक अभ्यास अगाडि बढाउन त्यसले खासै मद्दत गर्दैन। प्रजातान्त्रिक दलहरू प्रभावशाली भएनन् भने राज्य व्यवस्था सुस्तरी शोषणकारी एवं दमनकारी बन्दै जान्छ। नेका व्यावहारिकरूपमा मात्र नेकपा दोहरोको प्रतिछायाजस्तो भएको होइन। सिर्जनशीलताको खडेरी, रचनात्मकता अभाव एवं जोखिम उठाउने क्षमतामा निरन्तर ह्रासले गर्दा नेका पतनोन्मुख हुँदै गएको हो।

उदासीन समर्थक
नरहरि आचार्यले आफ्नो संस्मरणात्मक पुस्तक सार्वजनिकीकरण गर्न विश्व मजदुर दिवसको दिन नै रोज्नु संयोग पनि हुनसक्छ। तर कुनै बेला मजदुर आन्दोलनलाई दल सुदृढीकरणको मूल कार्यक्रम बनाउने गरेको नेका पंक्तिमा अब घन, बेल्चा वा पेचकस चलाउने व्यक्ति दिउँसै लालटिन बालेर खोज्दा पनि भेट्टाउन गाह्रो छ भन्ने कुरा त्यस दलका केन्द्रीय सदस्य रहेका विद्वान् संस्मरणकारलाई थाहा नहुने कुरा होइन। प्रज्ञा प्रतिष्ठानको डबलीमा लेखक आचार्यको पुस्तक सार्वजनिकीकरण कार्यक्रममा गणतान्त्रिक आन्दोलनका अगुवाहरूको उत्साहजनक उपस्थिति थियो। नेकाका कार्यकर्ता एवं समर्थकहरूको पनि उल्लेख्य सहभागिता रहेको समारोहमा आचार्यको आफ्नै दलका ’ठूला नेता’ भने कोही देखिएनन्। मन्तव्यका लागि निम्त्याइएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि सुनिएअनुसार कार्यक्रममा सहभागी हुननसक्ने असमर्थता अन्तिम समयमा जानकारी गराएका थिए। सत्ताधारी दलका हर्ताकर्ता पाँचतारे होटलको कार्यक्रम छाडेर मध्याह्नको हपहप गर्मीमा खुला डबलीमा घाममा सेकिन आउने कुरा पनि भएन। मधेसी एवं जनजाति समर्थकहरूको उपस्थिति पनि औंँलामा गन्न सकिने किसिमको मात्रै थियो। जबर्जस्त तवरले (ओवर्ह्वेल्मिंगली) खसआर्य नृजातीय सभ्रान्तको त्यस भेलामा अधिकतर सहभागीका अनुहार भने क्लान्त देखिन्थे। विवादित संविधानको सारथि भएर नेकाले राजनीतिक जित हासिल गरे पनि समानुपातिक समावेशिताको सिद्धान्त परित्याग गरिसकेकाले नैतिकरूपमा त्यस दलका नेतामात्र होइन, कार्यकर्ता एवं समर्थकसमेत पराजित महसुस गरिरहेको कुरा ठम्याउन एकछिन तिनको अनुहार नियाले पनि स्पष्टसँग बुझ्न सकिन्छ। यतिविघ्न निराशा नेका पंक्तिभित्र पञ्चायत कालमा पनि देखिएको थिएन। लाग्छ, मूलभूत सिद्धान्तबाट विचलित भएको राजनीतिक दलको मोटाइ सुन्निने रोगको लक्षण हो। बाहिरबाट जति नै तगडा देखिए पनि नेका दिनानुदिन रूग्ण बन्दै गएको छ।

खस/आर्यहरूका नृजातीय मुख्तियार भएकाले ओलीलाई दोस्रोपटक प्रधानमन्त्री पद आइलागेको हो। स्वाभाविक हो, नृजातीय राष्ट्रवादमा जो व्यक्ति जातीय मुख्तियारको विरोध गर्छ, त्यसलाई सहजै ’राष्ट्रघाती’ ठह¥याउन सकिन्छ।

माक्रसवादीहरूले जतिसुकै वैज्ञानिकताको दाबी गरे पनि राजनीतिशास्त्रका नियमहरू सर्वकालिक एवं सर्वव्यापी नहुने रहेछन्। आधारभूत मानवाधिकार एवं मानवीय गरिमाबाहेकका सबै राजनीतिक मूल्य एवं मान्यतालाई स्थानीय तथा परिस्थितिक सन्दर्भसँग जोडेर हेर्नुपर्ने हुन्छ। राजनीतिशास्त्रले परिकल्पना गरेको नैतिकतामा आधारित स्वेच्छिक स्वयंसेवकहरूको राजनीतिक दल भेट्टाउन दुर्लभ हुँदै गएकाले ‘आदर्श प्रजातन्त्र’ दुनियाँमा कहींँ पनि छैन। प्रजातान्त्रिक भनिने धेरैजसो विकसित देशमा समेत राजनीतिक दलहरू निर्वाचनसँग सम्बद्ध व्यावसायिक मञ्चमा रूपान्तरण भइसकेका छन्। बिपी कोइरालाले आधारशीला राखेको मूल्यमा आधारित स्वयंसेवक दल (भ्यालुबेस्ड भोलन्टिर पार्टी) गिरिजाप्रसाद कोइरालासम्म आइपुग्दा चुनावी पेसेवर दल (इलेक्टरल प्रफेसनल पार्टी) भइसकेको थियो। सुशील कोइरालाले त्यसलाई तत्कालीन एमालेजस्तै गिरोह आधारित दल (कार्टेल बेस्ड पार्टी) बनाइदिएकाले त्यस राजनीतिक संरचनाभित्र सामान्यजन अब फगत समूहमा सीमित हुन पुगेका छन्। कार्यकर्ता आधारित दल (काडर बेस्ड पार्टी) एवं समूह आधारित दल (मास बेस्ड पार्टी) जस्ता संरचनाले सर्वस्वीकार्य एवं अर्धतानाशाही नेतृत्वको अपेक्षा राख्छ। सामान्य अवस्थामा प्रजातान्त्रिक तवरले त्यस्तो नेतृत्वको उदय सम्भव हुँदैन। त्यसैले दलको सुदृढीकरण अब कि प्रियतावादी कार्यक्रम अंगालेर वा व्यवस्थापकीय संरचना स्थापित गरेर मात्र गर्न सकिन्छ। नेका दुवै मोर्चामा हार्दै गएकाले त्यस दलका समर्थकहरूमा निराशा व्याप्त भएको हुनसक्छ।

खसआर्य नृजातीयताको मुद्दामा नेका नेतृत्वले जति नै शीर्षासन गरेर दौडे पनि ‘माले–मण्डले–मसाले’ (मामम) राष्ट्रवादलाई उछिन्न सक्दैन। भारतमा नरेन्द्र मोदीको लोकप्रियताबाट लोभिएर नेकाका केही पुस्तैनी नेताहरूमा हिन्दुत्वको आकर्षण जागेको भए तापनि रूढीवादी राजनीतिले अन्ततः फाइदा पुग्ने भनेको गोमूत्र पिउने, गुगलेश्वर आदित्य ढोग्ने एवं भैँसी पूजा गर्ने मामम बाहुनवादीहरूलाई मात्रै हो। नृजातीय राष्ट्रवाद एवं बहुसंख्यक अपतुष्टि (अपिजमन्ट) जस्तो प्रियतावादले नेकालाई बढीमा यथास्थितिमा राख्नेछ। दल सुदृढीकरणका लागि नेकाले व्यवस्थापकीय पुनर्संरचनाको प्रारूप अंगीकार गर्नुपर्ने हुन्छ। त्यति संयम त्यस दलका कुनै पनि हर्ताकर्तामा देखिँदैन। एमाले नामधारी कुनै बेला एउटा दल रहेको भए तापनि समग्रमा त्यो नेपाली राजनीतिमा सन् १९९० को मध्यपछि विकसित भएको प्रवृत्तिको परिचायक हो। कृष्णप्रसाद भट्टराई दुई–दुईपटक संसदीय निर्वाचनमा आफ्नो दलको अकर्मण्यता वा अन्तर्घात एवं स्थायी सत्ताको धाँधलीले गर्दामात्र चुनाव हारेका होइनन्। गिरोहहरूको चलखेलबेगर ‘दुलाबाट फुत्त निस्केका’ उमेदवारहरूले उनलाई सहजै हराउन सम्भव थिएन। भारतको भारतीय जनता पार्टीजस्तै ’काडर बेस्ड’ भनिने धेरैजसो पार्टी खासमा ’कार्टेल बेस्ड’ हुन्छन्। त्यो भनेको राजनीतिमा छिटो स्थापित हुने छोटो बाटो हो। त्यसैले एमाले प्रवृत्तिपट्टि नेकपा दोहरोका पत्रपर्ण अध्यक्ष पुष्पकमल दाहाल यति छिट्टै रमाउन सकेका हुन्। अहिलेको अवस्था हेर्दा नेकाले दल सुदृढीकरणको नयाँ प्रयोग गर्ने सम्भावना शून्यप्रायः छ।

निरस नेतृत्व
क्रान्तिको पृष्ठभूमिबाट आएकाले बिपी कोइरालाको नेतृत्वलाई चुनौती दिने साहस धनवान सुवर्णशमशेर, विद्यावान सूर्यप्रसाद उपाध्याय एवं गुणवान गणेशमान सिंहमध्ये कसैले पनि जुटाउन सकेनन्। क्रान्तिकारीको चामत्कारिक एवं करिश्मायुक्त व्यक्तित्वका अगाडि संगठन गौण हुन पुग्ने रहेछ। एमालेमै समाहित भइसकेका भए तापनि दाहाल सदावहार एवं प्रामाणिक माओवादी हुन्। राजावादी एवं माओवादी हुँदै एमालेमा फर्केका राधाकृष्ण मैनालीको विशाल काया अद्यापि झापालीको बिम्ब भएर बसेको छ। फोरमभन्दा उपेन्द्र यादवको पहिचान बलियो छ। स्वायत्त मधेस गठबन्धनको अवधारणा सिके राउतको चोला परिवर्तनपछि महिना दिनभित्रै हराएर गयो, उनी स्वयं भने मधेसवादीलाई गाली गर्ने जिम्मा उठाएका मधेसी नेता छँदैछन्। तर त्यस्तो सहजता सामान्य अवस्थामा हुँदैन भन्ने थाहा पाएरै बिपीले जनमतपछि आफ्नो राजनीतिक विरासत ’नेतात्रय’ भनिने त्रिमूर्तिको जिम्मा लगाएका थिए। आधिकारिक नेतृत्व (ब्युरक्रैटिक लिडरसिप) भन्न सकिने त्यस प्रयोगमा गणेशमान निरन्तर संघर्षका प्रेरणा स्रोत थिए। कृष्णप्रसादले नैतिकताको वैधानिकता प्रदान गर्ने गर्थे। शक्ति राष्ट्रहरूसँग समन्वय एवं सत्तासँग समझदारी र सम्झौताद्वारा संगठनलाई जीवित राख्ने अकृतज्ञ धन्धा (थैंगक्लस टास्क) गिरिजाप्रसादको जिम्मामा थियो। तिनको समवेत क्रियाशीलताले सत्ताधारीहरूको कठोर प्रहारका बाबजुद नेकाले आफ्नो प्रभाव गुमाउनु परेन। संसदीय व्यवस्थाको पुनस्र्थापनापछि गणेशमानको प्रेरक व्यक्तित्व वा कृष्णप्रसादको नैतिकताको वैधाधिनकताभन्दा निर्वाचनका आवश्यकता बढी महŒवपूर्ण हुँदै गएपछि गिरिजाप्रसादले पार्टीको नेतृत्व आधिकारिकतवरले खोसेर लिएका हुन्।

नेता जसरी भएका भए तापनि उपयुक्त उत्तराधिकारी छनोट गर्न नसक्नु सम्भवतः गिरिजाप्रसादको सबभन्दा ठूलो राजनीतिक असफलता थियो। राजनीतिशास्त्रीहरूका अनुसार दलको नेतृत्व लिने व्यक्तिमा दुईथरी गुण हुन नितान्त जरुरी छ। साहस, दूरदर्शिता, दृढ संकल्प, निर्णाय लिने क्षमता, बुद्धिमता, कल्पना शक्ति, सक्रियता, अग्रसरता, समन्वय, सम्प्रेषण, प्रबन्धन एवं रचनात्मकताजस्ता अनिवार्य गुणबेगर कुनै पनि राजनीतिकर्मी ‘नेता’ हुन सक्दैन। विनयशीलता, सत्यनिष्ठा, नैतिक बल, अदम्य इच्छाशक्ति, उदारता, कूटनीतिक कुशलता, व्यवहार कौशल, शिष्टाचार, सामञ्जस्य खोज्ने चाहना एवं समानुभूति जस्ता चारीत्रिक गुणले नेतृत्वको प्रभावकारिता एवं स्वीकार्यता बढाउँछ। ३२ लक्षणले युक्त व्यक्ति कोही पनि हुँदैन तर भाइभतिजावाद वा कृपावादका लाभग्राही नेतृत्वमा आठ गुण खोज्न पनि अप्ठ्यारो हुनु संगठन पतनोन्मुख हुँदै जानु हो। शेरबहादुर देउवा ‘कस्तो पार्टी नेतृत्व हुनुहुँदैन’ भन्ने अवधारणाका व्याख्यात्मक दृष्टान्त हुन् तर सुशील कोइरालाले अलपत्र पारेर गएका सिद्धान्तच्युत संगठनमा अरू कसैले पनि अहिलेभन्दा बढी गर्नसक्ने सम्भावना थिएन। हात्ती मरेपछि हाडखोड पनि लाखौँको हुन्छ भनेजस्तै विरासतको ब्याजले नेकालाई अझै केही वर्ष धान्नसक्छ। दललाई पुनर्जीवित गर्ने हो भने नेतृत्वमात्र नभएर नेकाले आफ्ना मूल्य, मान्यता, आस्था, संगठन, व्यवस्थापन आदि सबै आधारभूत मान्यता पुनरावलोकन गर्नुपर्नेछ।

प्रजातन्त्र रुचाउनेका लागि नेकाको शोक श्लोक (रेक्विअम) वाचन गर्नु सहज कुरा होइन। आफ्ना सबै कमी÷कमजोरीका बाबजुद नेका एउटा परम्परागत उदारवादी दल हो र त्यस्तो संरचनाको प्रजातन्त्रमा निरन्तर महŒव रहन्छ। आवृत्ति एवं निवृतिका बीच विवृति (डैनुमों) भन्ने शब्दले अन्त सँगसँगै नयाँ सुरुवातको पनि आभास दिन्छ। नेकाले अब पनि नयाँ अध्यायको सुरूवात गर्न अबेर ग¥यो भने राजनीतिक नियतिले आफ्नो बाटो समात्छ। भनाइ नै छ– समयले संसारमा कसैलाई कुर्दैन।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, विभिन्न ख्यातिप्राप्त मानिसहरू र दशौँ लाख सर्वसाधारण व्यक्तिका फोन नम्बरहरू सर्वसाधारणले...

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

Ncell Footer Ad