coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बाबुको फिल्ममा योद्धा आलिया

मुम्बई – बलिउड फिल्म ‘कलंक’को असफलता पछि फिल्मकी नायिका आलिया भट्ट चाँडै नै फिल्म ‘सडक २’को सुटिङको तयारी सुरु गर्दैछिन्। आगामी मे महिनाबाट छायांकन सुरु हुने फिल्मको निर्देशक आलियाका पिता महेश भट्टले निर्देशन गर्दैछन्।

आलिया पहिलोपटक पिताद्वारा निर्देशन गर्न लागेको फिल्ममा काम गर्न लागेकी हुन्। फिल्म ‘सडक २’ मा आलियाका अलावा आदित्य रोय कपुर, सञ्जय दत्त, पुजा भट्टलगायतका कलाकारको अभिनय रहनेछ। फिल्म ‘सडक २’ सन् १९९१ मा रिलिज भएको सुपरहिट फिल्म ‘सडक’को सिक्वेल हो। अघिल्लो संस्करणको फिल्ममा सञ्जय दत्त र पुजा भट्ट प्रमुख भूमिकामा थिए।

फिल्ममा आलिया एक ढोगी बाबाको विरुद्ध लडाई लड्ने योद्धाको भूमिकामा हुनेछिन्। उनले ढोगी बाबाको विषयसँग जोडिएका अनेक नयाँ कुराको खुलासा पनि गर्नेछिन्।

फिल्म ‘सडक २’मा आलियाको भूमिका कस्तो रहने भन्ने कौतुहलता फिल्मकर्मीमाझ चलिरहँदा उनको भूमिकाका विषयमा नयाँ खबर सार्वजनिक भएको छ। फिल्ममा आलिया एक ढोगी बाबाको विरुद्ध लडाई लड्ने योद्धाको भूमिकामा हुनेछिन्। उनले ढोगी बाबाको विषयसँग जोडिएका अनेक नयाँ कुराको खुलासा पनि गर्नेछिन्। यो यात्रामा उनीसँग सञ्जयको अभिनय हुनेछ। सञ्जयले आलिया भन्दा अघि नै फिल्मको लागि तयारी सुरु गरिसकेका छन्।

हालै मात्र रिलिज आलिया अभिनित फिल्म ‘कलंक’ मा वरुण धवन, माधुरी दीक्षित, सन्जय दत्त, सोनाक्षी सिन्हा, आदित्य रोय कपूरलगायतको अभिनय थियो। नाम चलेका स्टार कलाकारको अभिनय रहे पनि फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया नपाउँदा आलिया निकै निराश भएकी थिइन्। फिल्म ‘सडक २’ पछि आलिया अयान मुखर्जीको ‘ब्रह्मास्त्र’, सन्जय लीला भन्सालीको ‘इन्शाअल्लाह’, करण जोहरको ‘तख्त’ र राजामौलीको ‘आरआरआर’मा पनि अभिनय गर्नेछिन्।

वर्तमानको कुरा गर्दा आलिया ‘ब्रह्मास्त्र’ मा व्यस्त छिन्। यो फिल्ममा उनी रणवीर कपूरसँग पहिलोपटक स्क्रिन शेयर गर्दैछिन्। फिल्ममा रणवीर र आलियाका अलावा अमिताभ बच्चन र मौनी रायको पनि अभिनय छ।

प्रकाशित: २० वैशाख २०७६ ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App