coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाघको छालासहित पाँच पक्राउ

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ६ सूर्यविनायक चोकमा जंगली जनावरको छालासहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले शंकास्पद रुपमा हिँडडुल गरिरहेका उनीहरूलाई चेकजाँच गर्दा बेचबिखन गर्ने उद्देश्यले साथमा भएको अवस्थामा चितुवाको छालाजस्तो देखिने जंगली जनावरको छाला दुई थान र भालुको पित्तजस्तो देखिने पदार्थ अन्दाजी ७५ ग्रामसहित निजहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरुलाई परिसर भक्तपुर राखिएकोमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागी बिहीबार डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए।

पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी गाउँपालिका ८ घर भई हाल ललितपुरको चापागाँउ बस्ने ४० वर्षीय आनन्द तामाङ, ओखलढुङ्गा घर भई हाल काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका घर भई हाल काठमाडौं बस्ने ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोर घर भएका ३५ वर्षीय रत्नबहादुर माझी र सोही स्थानका ३४ वर्षीय बिष्णुबहादुर माझी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० वैशाख २०७६ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App