४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

शान्ति सम्मेलनपछि युद्धविरामको आह्वान

काबुल– अफगानिस्तानको राजधानी काबुलमा केही दिन यता भएका बृहत् शान्ति सम्मेलनपछि अफगान अधिकारीले बिहीबार युद्धविरामको लागि आह्वान गरेका छन्।

अफगानिस्तानको राजधानी काबुलमा जम्मा भएका हजारौं प्रतिनिधिले तालिबान लडाकु समूहसँग शान्ति सम्झौताको विषयमा सम्भावित परिस्थितिका विषयमा छलफलपछि अफगान अधिकारीले युद्धविरामको आह्वान गरेका थिए।
काबुलमा कडा सुरक्षाका बीच धार्मिक र आदीवासी नेता, राजनीतिज्ञ, विभिन्न क्षेत्रका प्रतिनिधिलगायत तीन हजारभन्दा बढी व्यक्तिको सहभागीतामा सम्भावित शान्तिको विषयमा छलफल गरिएको थियो।

बृहत् शान्ति सम्मेलनमा तालिबान लडाकु समूहको भने सहभागीता रहेको थिएन। तर आगामी साताको बुधबार कतारको दोहामा अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही र अमेरिकी प्रतिनिधिबीच नयाँ चरणको शान्तिवार्ता हुन गइरहेको छ। अमेरिकी शान्ति दूत जाल्मे खालिलजादको नेतृत्वमा तालिबान लडाकु समूहसँग वार्ता हुन लागेको हो।

सन् २००१ देखि यतामात्र अमेरिकी नेतृत्वमा अफगानिस्तानमा भइरहेको युद्धमा दुई हजार चार सय अमेरिकी सैनिकको ज्यान गइसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक जतिसक्दो चाँडो स्वदेश फर्काउने घोषणा यसअघि नै गरिसकेको छन्।

अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सेना तैनाथ छन्। यी सैनिकलाई पनि अफगानिस्तानाट फर्काउने विषयमा वार्ता हुने बताइएको छ।

प्रकाशित: २० वैशाख २०७६ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App