४ वैशाख २०८१ मंगलबार
राजनीति

बाबुरामले भने– लोकमान असनको साँढे जस्तै

गोरखा–पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की असनमा छाडेको साँढे जस्तो भएको टिप्पणी गरेका छन। तीनदिने गृहजिल्ला भ्रमणको कार्यक्रम तय गरेर शनिबार आएका उनले पत्रकार भेटघाटमा भने, ‘लोकमानले असनको साँढे जस्तो गरेर अदालतको आदेश नटेर्ने, सुनुवाई समितिमा पनि नजाने गरे। उनका बिरुद्ध संसदले महाअभियोग प्रस्ताव गर्नु स्वभाविक हो, गर्नुपर्छ।’

संसदले लोकमानको गल्ती कमजोरी छानबिन गरेर कारवाही गर्नुपर्ने भट्टराईले बताए। लोकमान प्रकरण उठाएर अन्य भ्रष्टाचार र दुराचारीहरु चोखिन खोजेको बताउँदै उनले भने, ‘एउटा चोरलाई देखाएर दशवटा चोर उम्कन सक्छन, त्यसमा भने ध्यान दिनुपर्छ।’

अख्तियारको संरचनाप्रति सुधार गर्नुपर्ने उनको भनाइ थियो। अख्तियारमा राजनीतिक दलका नेताका नजिकका व्यक्रि नियुक्ती हुने प्रवृत्तिले सार्वभौम हुन नसकेको भनाइ उनको थियो। अख्तियारको सट्टामा संसदले प्रत्यक्ष नियुक्ती गर्ने र संसदप्रति जवाफदेही हुने ‘लोकपाल’ संयन्त्र बनाउनुपर्ने भट्टराईले बताए।

गोरखाको क्षेत्र नम्बर १, २ र ३ मा एक, एक दिन घुम्ने र भूकम्प पीडितको अवस्था बुझ्ने अभियान लिएर भट्टराई आएका छन्। राष्ट्रिय राजनीतिको प्रशंग जोड्दै उनले भने ‘सरकार राति मात्रै सुते पो हुन्छ, दिन रात सरकारले आँखा चिम्लेर समय बिताएको छ।’ उनले सरकारको सुस्तताले विकासका काम र भूकम्प पीडितलाई राहात दिने अभियानमा नगन्य प्रगति नभएको बताए।

उनले भूकम्प पीडितको वर्षदिन पछि पनि अवस्था उस्तै हुने ठोकुवा उनले गरे। आलोपालो गरेर सरकार चलाउने, भष्ट्राचार गर्ने, देशको ढुकुटी रित्याउने र चुनावी खर्च जुटाउने काम मात्रै दलहरुले गरिरहेको आरोप उनले लगाए ।

 

प्रकाशित: ६ कार्तिक २०७३ ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App