मानवअधिकार समुदायको आग्रह

शुक्रबार, २० बैशाख २०७६, ०७ : ११ नागरिक

काठमाडौं – सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन सम्बन्धमा द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले सर्वोच्चको फैसला अनुसार काम गर्न आग्रह गरेका छन्। नेपालको संक्रमणकालीन न्यायका सम्बन्धमा सर्वाेच्च अदालतका फैसला तथा राष्ट्रिय मानव अधिकार आयोग, संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय लगायत मानव अधिकारसम्बन्धी सरोकारवाला पक्षहरूले समेत यथोचितरूपमा मार्गनिर्देश गरेकाले त्यसैअनुसार पदाधिकारी छान्न आग्रह गरेका छन्।

त्यसैगरी सर्वाेच्चको फैसला तथा पेरिस सिद्धान्तको उल्लंघन हुनेगरी राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधनमा विधेयक अघि बढाएकोप्रति पनि ध्यानाकर्षण भएको बताएको छ। ‘सरकारले विधेयक तत्काल फिर्ता लिई संविधान, सर्वाेच्च अदालतको फैसला र पेरिस सिद्धान्त बमोजिम राष्ट्रिय मानव अधिकार आयोगलाई अझ बढी स्वतन्त्र, स्वायत्त र सक्षम बनाउने सम्बन्धमा सो आयोगले दिएका सुझाव ग्रहण गरी परिमार्जित विधेयक अगाडि बढाउनुपर्छ,’ द्वन्द्वपीडित तथा मानव अधिकार समुदायद्वारा जारी विज्ञप्तिमा भनिएको छ।







यसमा तपाईको मत


अन्य समाचार

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...

१३ मिनट मै ब्याट्री फुल चार्ज ?

१३ मिनट मै ब्याट्री फुल चार्ज ?

यस प्रविधिको प्रयोगबाट ४००० mAh को ब्याट्री १३ मिनटको अन्तरालमा फुल चार्ज हुने छ । ...

सुन तोलाको आज पनि ६५ हजार

सुन तोलाको आज पनि ६५ हजार

नेपाली बजारमा आज पनि सुनको मूल्य तोलाको ६५ हजार रुपैयाँ पुगेको छ। ...

रोयल इनफिल्डको Classic 350cc को Gunmetal Grey कलर बजारमा

रोयल इनफिल्डको Classic 350cc को Gunmetal Grey कलर बजारमा

Royal Enfield ले BS IV संस्करण मध्ये सबै भन्दा लोकप्रिय मोडल, Classic 350cc को Gunmetal Grey कलर सर्वजनिक गरेको छ। ...

टाटा मोटर्सद्वारा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रम

टाटा मोटर्सद्वारा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रम

सिप्रदीको यो  तेस्रो संस्करण हो र पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगर अनि जोमसोमस्थित रहेका १६ वटा मुख्य शाखाहरूमा योग दिवसको अवसरमा...

नेपाल इन्भेष्टमेण्ट बैंक लि.को  विशेष साधारण सभा

नेपाल इन्भेष्टमेण्ट बैंक लि.को  विशेष साधारण सभा

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले जेबिल्स फाईनान्स लि.लाई प्राप्ति गर्नको लागि विशेष साधारण सभा ...