८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं – सरकारको नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक हुने भएको छ। अपराह्न ४ बजे बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

संसद् सचिवालायले शुक्रबार बिहान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नीति तथा कार्यक्रम प्रस्तुतिबारे ‘रिहर्सल’ गर्ने जनाएको छ। यही नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तय हुनेछ। दुईतिहाइ बहुमतको सरकारले गत वर्ष ल्याएको बजेट जनअपेक्षाअनुसारको हुन नसकेको भन्दै आलोचना हुँदै आएको छ। सरकारले प्रस्तुत गर्ने यो दोस्रो नीति तथा कार्यक्रम सरकारको आलोचना कम गर्न महŒवपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २० वैशाख २०७६ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App