महाअभियोग प्रस्ताव जसरी पनि पारित हुन्छः ओली

शनिबार, ०६ कार्तिक २०७३, १३ : ०५ नागरिक

काठमाडौं–एमाले अध्यक्ष केपी ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव जसरी पनि पारित हुने बताएका छन्।
शनिबार ११ विद्यार्थी संगठनसँगको भेटमा अध्यक्ष ओलीले  सार्वभौम सम्पन्न संसदले गर्ने निर्णयबाट कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित हुने बताएको भेटमा सहभागी  अनेराश्ववियूका सचिव आरसी लामिछानेले बताए।

‘अहिले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित हुन्छ,’ ओलीले भने,‘नेपालको संसदमा व्याक गियर हुँदैन र छैन पनि।’ महाअभियोग प्रस्तावमा कांग्रेसले हस्ताक्षर नगरेको प्रति ओलीले भने,‘महाअभियोग प्रस्तावमा मैले पनि हस्ताक्षर गरेको छैन,त्यसो भए म पनि महाअभियोगको विपक्षमा हो त?,’ उनले भने, ‘महत्वपूर्ण विषय कार्यान्वयन गर्ने विषयमा हामी सबै एकै ठाउँमा छौं। कांग्रेसले पनि महाअभियोगका पक्षमा निर्णय गर्छ।’

फरक प्रसंगमा ओलीले आफूलाई मधेसी विरोधीका रुपमा चित्रण गरिएको प्रति गुनासो गर्दै भने,‘मलाई मधेस विरोधी सिंग जुरो पलाएको रुपमा व्याख्या गरिएको छ। मैले मधेस र मधेसी जनताको पक्षमा धेरै काम गरेको छु।’  संसदमा दर्ता  भएको महाअभियोग प्रस्तावबाट पछि नहट्न भन्दै ११ विद्यार्थी संगठन अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए। अहिलेपनि लोकमानले विभिन्न चलखेल गर्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको अनेरास्ववियूका सचिव आरसी लामिछानले जानकारी दिए।

 








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad