coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक प्रमाणीकरण

पोखरा - गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेश सभाले बिहीबार पारित गरेको थियो।

प्रदेश सभाको वैशाख ८ गते बसेको बैठकले पारित गरेको विधेयकलाई सभामुख नेत्रनाथ अधिकारीले सोही दिन प्रमाणित गरेका थिए। दुवै विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम सभामुख अधिकारीले प्रमाणित गरेपछि गण्डकी प्रदेशसभा सचिवालयले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो।

नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेश गर्नुपर्ने प्रावधान छ। प्रदेश प्रमुख कुँवरले बिहीबार नै पाँच÷पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए । नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरेका हुन् । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव विश्वप्रकाश न्यौपानेले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका ती विधेयकमध्ये एकप्रति प्रदेश प्रमुख कार्यालयमा राखिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, प्रदेशसभा सचिवालय र संघीय कानुन तथा संसदीय व्यवस्था मन्त्रालयमा एक/एक प्रति दिइएको जानकारी दिए।

 

प्रकाशित: १९ वैशाख २०७६ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App