coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कृशल र मीनराजले गाए 'बरिलै'

काठमाडौं- गायक कृशल कडेंल र मिनराज पौडेलले एक साथ गाएको गीत "बरिलै" म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।

यी दुई गायक नेपाल आइडलको दोस्रो सिजनमा सहभागी भएर चर्चित बनेका थिए। मिनराजले पहिलो गोल्डन माइक जितेर चितवनको अडिसनबाट सोझै गाला राउन्ड प्रवेश पाएका थिए। लोक फ्युजन शैलीको उनीहरुको यो युगल गीतमा संगीत, स्वयं गीतकार नृपेश उप्रेतीको रहेको छ।

लामो समयदेखि गीत गजल लेखनमा सक्रिय नृपेशले पहिलो पटक आफैले यस गीतमा संगीत भरेका हुन्। यसमा संगीत संयोजन युवा संगीतकार एबम गायक पुरुषोत्तम सुवेदीको रहेको छ।

म्युजिक भिडियोको निर्देशन प्रबिन थापाले गरेका हुन्। भिडियोमा स्वयं गायक द्वय कृशल र मिनराजले करिष्मा ढकाल को साथमा अभिनय गरेका छन्।

भिडियोलाई राम्रो बनाउन निकै मेहनत गरेको निर्देशक प्रबिन थापाले बताए। यस अघि कृशलको आवाजमा आएको "ओढेर घूँघट" बोलको गीत आएको थियो।

 

प्रकाशित: १९ वैशाख २०७६ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App