coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टिपरको ठक्करबाट १२ को परीक्षा दिएर फर्केकी युवतीको मृत्यु

बुटवल—बुटवलको पाखापानीमा टिप्परको ठक्करबाट एक युवतीको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन। बुटवलबाट तामनगर जाँदै गरेको लु ४५ प ७२३४ नम्बरको स्कुटरलाई पाखापानीमा टिप्परले ठक्कर दिएको थियो। स्कुटरमा बाबु छोरी सवार रहेको प्रहरीले जनाएको छ।

ठक्करबाट बुटवल उपमहानगरपालिका १२ तामनगर बस्ने १९ बर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो। युवतीका बुवा घनश्याम भण्डारी सामान्य घाइते भएका छन्। सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा कक्षा १२ मा अध्ययनरत भण्डारी बुधबारको परीक्षा सकेर बुवा संग घर फर्कँदै थिइन्। स्कुटरलाई ठक्कर दिएर टिप्पर भागेको बताइएको छ। प्रहरीले ठक्कर दिएको आशंकामा लु २ ख १९०३ र लु १ ख ६२३३ नम्बरको टिप्परलाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

 

प्रकाशित: १९ वैशाख २०७६ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App