गोरखा - गोरखाको पालुङटार नगरपालिका ४ मा जन्ती आएका लमजुङ राइनास नागरपालिका ४ का ३४ वर्षिय विष्णुबहादुर कुमालको कुटपिटबाट ज्यान गएको छ। बुधवार विवाहमा सहभागी हुन पालुङटार आएका उनलाई बेहुली लिएर फर्कने बेला केटी जिस्काएको भन्दै बेहुली पक्षधरले कुटपिट गरेपछि ज्यान गएको होे।
कुटपिटबाट गम्भिर घाईते कुमालको पोखरा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका गोरखाका एसपी भोला रावलले बताए। घटनाबारे बुझ्न र संलग्नलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको उनले बताए।
प्रकाशित: १९ वैशाख २०७६ ०७:४२ बिहीबार