८ वैशाख २०८१ शनिबार
समाज

जीप दुर्घटनामा सहचालकको मृत्यु

बझाङ–बझाङको थलारा गाउँपालिकामा जिप दुर्घटना हुदा सहचालकको मृत्यु भएको छ। थलारा गाउँपालिका–५ को गौमती खोलामा आज बिहान से१ज १००७ नम्बरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिए।

दुर्घटनापछि जीप चालक कमल साउँद सम्पर्कमा नरहेको उनले बताए। जीप विवाहको सामान पु-याएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ। जिप सडकबाट करीब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। रासस

प्रकाशित: १९ वैशाख २०७६ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App