७ वैशाख २०८१ शुक्रबार
राजनीति

जनता तीन तहको करले थिचिए : नेता केसी

झापा– नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले जनता तीन तहको करले थिचिएको बताएका छन्। नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले तीन तहको सरकारले लगाएको करले नागरिकलाई समस्या भएको बताएका हुन्। 

दुई तिहाईको बलियो सरकारले पनि देशमा शान्ति सुरक्षा दिन नसकेको उनको भनाई थियो। ‘अहिले दुई तिहाईको सरकार छ। तर यो सरकारले पनि शान्ति सुरक्षा दिन सकेन’, उनले भने, ‘देशमा हत्या हिंशाले आक्रान्त छ।’

उनले दुई तिहाईको शक्तिशाली सरकारले जनताले अनुभूत गर्न सक्ने गरिको काम गर्न नसकेको आरोप लगाए। ‘प्रधानमन्त्रीले विपक्षीले विकास देखेन भनिरहनु भएको छ’, नेता केसीले भने, ‘प्रधानमन्त्री आफैंले मात्रै विकास देखेर हुँदैन। जनताले पनि देख्नपर्यो, त्यसकारण जनताले अनभूत गर्ने विकास आवश्यक छ।’

उनले प्रधानमन्त्री कामभन्दा बढी बोल्ने गरेको आरोप लगाए। ‘प्रधानमन्त्रीले कामभन्दा बढी बोल्नुहुन्छ’, उनले थपे, ‘काम गर्नुहोस्, बोल्न पर्दैन। काम आफैं बोल्छ।’

फरक प्रशंगमा नेता केसीले बालुवाटारको जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवालाई पत्रिकामा समाचार आएकै भरमा दोषी भन्न नमिल्ने बताए। ‘पत्रिकामा आएकै भरमम दोषी भन्न मिल्दैन’, उनले भने, ‘तर दोषी भए कसैलाई छोड्न हुँदैन। सरकारसँग बहुमत छ, छानविन गरोस्।’

 

प्रकाशित: १९ वैशाख २०७६ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App