८ वैशाख २०८१ शनिबार
समाज

नेपाल–कोरिया अस्पतालमा मेसिन हस्तान्तरण

काठमाडौं – कोइका नेपालले मंगलबार नेपाल–कोरिया मैत्री अस्पताललाई नयाँ उपकरणहरु हस्तान्तरण गरेको छ। उपकरण हस्तान्तरण गरेसँगै कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगले थालेको रोग नियन्त्रण परियोजनाको एक चरण पूरा भएको जनाएको छ।

मंगलबार एक कार्यक्रमबीच कोइकाका स्वयंसेवी चिकित्सक बैंघिओल किमले ५० हजार अमेरिकी डलर मूल्य बराबरको उपकरण हस्तान्तरण गरेका हुन्।

आकश्मिक शल्यक्रिया गर्ने उपकरण ल्याप्रोस्कोपी मेसिन तथा प्याक्स हस्तान्तरण भएसँगै परियोजना पूरा भएको जनाइएको हो। सो उपकरणले पेटका रोगको परीक्षणमा सहयोगी हुन्छ। कोइकाले सो परियोजना विगत १९ वर्षदेखि सुरु गरेको थियो।

प्रकाशित: १९ वैशाख २०७६ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App