coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाँजा मालिकसहित दुईजना पक्राउ

मकवानपुर - भरिया मात्रै पक्राउ गरिरहेको प्रहरीले लागुऔषध कारोबारमा संलग्न मालिकलाई नै नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले ठूलो परिमाणको गाँजा ट्रकमा बिक्री गर्न लैजाँदै गरेका रौतहटको चन्द्रपुर नगरपालिका–८ का २६ वर्षीय गौरीशंकर यादवलाई पक्राउ गरेको जानकारी दिएको हो।

प्रहरी निरीक्षक पवनकुमार झाको कमान्डमा खटिएको संयुक्त टोलीले ट्रकको क्याबिनमुनि लुकाइराखेको गाँजा र ३० हजार रुपैयाँ बरामद गरेको छ।

प्रहरीले ७१ किलो गाँजा, नगद ३० हजार, ट्रक र चालक चन्द्रपुर–८ का २७ वर्षीय कर्णबहादुर हमाललाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। उनका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–३, लेवटमा मनहरिबाट हेटौंडातर्फ आउँदै गरेको ना५ख ८१६४ नम्बरको ट्रक जाँच गर्दा उनीहरू पक्राउ परेका हुन्। ‘बुधबार बिहान तीन नम्बर प्रदेश प्रहरी कार्यालयबाट विशेष सूचना पायौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘प्रहरी निरीक्षक पवनकुमार झाको कमान्डमा खटिएको संयुक्त टोलीले ट्रकको क्याबिनमुनि लुकाइराखेको गाँजा र ३० हजार रुपैयाँ बरामद गरेको छ।’

प्रारम्भिक अनुसन्धानमा एक लाख रुपैयाँमा किनेर बिक्रीका लागि लगिएको यादवले बयान दिएको प्रहरीको दाबी छ। उनका अनुसार गाँजा ओसारपसारमा संलग्नहरू र ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागुपदार्थ ओसारपसारमा संलग्नलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ। त्यस्तै ऐनअनुसार लागुपदार्थ ओसारपसारमा संलग्न ट्रक र नगद पनि जफत हुने प्रावधान छ। पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्तिराजपथ, हेटौंडा–काठमाडौं छोटो दूरीको मार्ग र धरान–चतरा राजमार्गको संगमस्थलको रूपमा रहेको हेटौंडामा दिनहुँजस्तो लागुपदार्थ कारोबारी पक्राउ पर्ने गरेका छन्। मकवानपुरको पश्चिम क्षेत्रस्थित विकट गाउँबस्तीमा गाँजा खेतीमा कमी आए पनि लागुपदार्थ ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ को रूपमा हेटौंडाले मुक्ति भने पाएको छैन।

प्रकाशित: १९ वैशाख २०७६ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App