coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

८१ प्रतिशत निजी आवास पुनर्निर्माण

ओखलढुंगा - भूकम्प गएको चार वर्ष पुग्दा ओखलढुंगामा ८१ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार तीन सय ७६ लाभग्राहीमध्ये ८१ प्रतिशतले नयाँ घर बनाएका हुन्।

पहिलो किस्ता लिएका २० हजार तीन सय ७६ लाभग्राहीमध्ये १६ हजार पाँच सय १२ भूकम्पपीडितले दोस्रो किस्ता अनुदान सम्झौता गरिसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख युवराज खरेलले बताए।

दोस्रो किस्ताबापत लाभग्राहीले निर्माणको काम सम्पन्न भएको प्रमाणित भइसकेपछि मात्र अन्तिम किस्ता पाउने प्रावधान छ। जिल्लामा कुल २१ हजार तीन सय ३८ लाभग्राही थिए। १२ हजार नौ सय ९० जनाले कार्यालयमा पुनः सर्वेक्षणका लागि गुनासो गरेका थिए। आएका गुनासामध्ये सात हजार चार सय ५८ को पुनः सर्वेक्षण गरी सुनुवाइ भइसकेको र बाँकी पाँच हजार चार सय ६२ गुनासाको सर्वेक्षण चाँडै हुने प्रमुख खरेलले बताए।

८१ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भए पनि अधिकांश भूकम्पपीडित अझै पनि पूर्ण क्षति भएका घरमै बसिरहेका छन्। जसले पुनर्निर्माणपछिका निजी आवास प्रयोगविहीन भएका छन्। नयाँ बनेका घर आवश्यकताभन्दा साना भएकाले पुरानो घर नभत्काई त्यसैलाई प्रयोग गरी बसेको स्थानीयको भनाइ छ।

प्रकाशित: १९ वैशाख २०७६ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App