coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘नेताले गणतन्त्रलाई कुरुप बनाए’

काठमाडौं – नागरिक समाजका अगुवाहरुले राजनीतिक दलहरुले लोकतान्त्रिक गणतन्त्रलाई कुरुप बनाउने काम गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा’ नामक पुस्तकको बुधबार राजधानीमा विमोचन गर्दै नागरिक अगुवाहरुले लोकतान्त्रिक गणतन्त्रको भविष्यमाथि नै प्रश्न उठाए।

प्राध्यापक कृष्ण खनालले जनचाहनाअनुसार काम गर्नुको साटो राजनीतिक दलका नेताले गणतन्त्रलाई मोजमस्तीतन्त्रमा परिणत गर्न लागिपरेको धारणा राखे। ‘गणतन्त्र त जाँदैन,’ उनले भने, ‘गणतन्त्रलाई मोजमस्तीतन्त्रमा परिणत गर्दा कुरुप बनाउने काम चाहिँ भयो।’ एउटाको विचार र अर्काको व्यवस्थापनका कारण अहिलेको अवस्था आएको तर्क गर्दै खनालले भने, ‘विचारविहीन मान्छे अहिलेको नेतृत्वमा छन् त्यसको परिणाम हो यो।’

कार्यक्रममा अर्का नागरिक अगुवा कृष्ण पहाडीले परिवर्तन विरोधीहरु मुलुकको शासन सञ्चालनमा पुगेको आरोप लगाउँदै गणतन्त्रको आन्दोलनमा हिँडेकामाथि निरन्तर भइरहेकाो दाबी गरे। केपी ओली मुलुकको प्रधानमन्त्री नभएको भए अहिलेसम्म गणतन्त्र नै धरापमा परिसक्ने टिप्पणी गर्दै उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली परिवर्तनको सबैभन्दा ठूलो विरोधी हुनुहुन्थ्यो तर आज उहाँ प्रधानमन्त्री हुनुहुन्छ। त्यही भएर गणतन्त्र सुरक्षित छ। उहाँले पद ओगट्नुभएको छ र गणतन्त्र सुरक्षित छ। होइन भने यो गणतन्त्र धरापमा फसिसक्थ्यो।’

पहाडीले गणतन्त्रको प्रतिक राष्ट्रपतिबाटै जनताले हैरानी सहनुपरेको धारणा राखे। ‘राष्ट्रपतिले आकाश, जल, थल सर्वत्र नागरिकलाई दुःख दिएका कुरामात्रै आएका छन्। हिजो राजामहाराजाले माफी माग्नु हुँदैन भन्थे। आज पनि नेताहरु माफी माग्न तयार छैनन्।’ कार्यक्रममा देवेन्द्रराज पाण्डेले लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेल भइरहेको गुनासो गरे। लामो समयदेखि अस्वस्थ कांग्रेस नेता आचार्यले २०५९ असोज १८ र ०६१ माघ १९ गतेपछिको जेलजीवन समेटर पुस्तक तयार गरेका हुन्।

प्रकाशित: १९ वैशाख २०७६ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App