४ वैशाख २०८१ मंगलबार
राजनीति

स्थानीय तहमा रिक्त पदको विवरण माग

काठमाडौं – स्थानीय तहहरुले रिक्त कर्मचारी दरबन्दीको विवरण शुक्रबारसम्मसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसक्नु पर्ने भएको छ। प्राप्त विवरणका आधारमा मन्त्रालयले रिक्त पदमा कर्मचारी पूर्तिका लागि लोकसेवा आयोगलाई विज्ञापन आह्वान गर्न भन्ने छ।

मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र लेख्दै कर्मचारीको रिक्त दरबन्दीको विवरण पठाउन भनेको हो। सरकारले निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दा सबैभन्दा धेरै संघमा समायोजन भएसँगै स्थानीय तहमा कर्मचारीका विभिन्न पद रिक्त भएका छन्। प्रत्यक्ष जनतालाई सेवा दिने स्थानीय तहमा रिक्त कर्मचारी दरबन्दी पूर्ति गर्न मन्त्रालयले फास्ट ट्रयाकमार्फत प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

विवरण पठाउँदा स्थानीय तहले तह, सेवा, समूह, उपसमूह, स्वीकृत दरबन्दी, साबिकको स्थानीय तहबाट समायोजन भएका कर्मचारीको संख्या, निजामती सेवाबाट समायोजन भएका कर्मचारीको संख्या, रिक्त संख्या र पदपूर्ति गर्नुपर्ने संख्यासमेत खुलाएर पठाउनु पर्नेछ। विवरण प्राप्त भएपछि मन्त्रालयले पदपूर्तिका लागि संख्या यकिन गरी लोकसेवा आयोगमा पठाउने छ।

प्रकाशित: १९ वैशाख २०७६ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App