coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको प्रश्नः देश समृद्ध बनाउ, नेपाली सुखी हुनुपर्छ भन्दा किन भत्भती पोल्ने?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पारेरै छाड्ने बताएका छन्। 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले सबै मिलेर समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्नुपर्ने बताए। समृद्ध नेपाल बनाउ, सुखी नेपाली बनाउ भन्दा धेरैले नराकात्मक रुपमा लिएकोमा असन्तुष्टि जनाउँदै ओलीले भने, ‘धेरै भनेर समृद्धि हुँदैन भने, कसले भन्यो भनेर हुन्छ? गरेर समृद्धि हुन्छ। गरौं, सबै मिलेर समृद्ध नेपाल बनाउ, सुखी नेपाली बनाउ। यसो भन्दा मन, छाति किन पोल्या होला?’ 

ओलीले थपे, ‘यो देश समृद्ध बनाउ भन्दा छाति किन पोल्ने? नेपाली सुखी हुनुपर्छ भन्दा किन भत्भती हुने? समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको राष्ट्रिय आकांक्षा हो। नेपाल धनी, समृद्ध हुनुपर्छ। नेपाली जनताले दुःख पाउनुहुँदैन।’ 

प्रधानमन्त्री ओलीले दुःखको दिन अन्त्य गर्ने सरकारको लक्ष्य रहेको सुनाए। ‘हरेक नेपालीे सुख पाउनुपर्छ, चेहरामा मुस्कान छाउनुपर्छ, सरकार र नेकपाको धारणा यही हो।’ श्रमजिवी, असहाय, पिछडिएका वर्गलाई सरकारले ध्यान दिने उनको भनाई छ। 

प्रकाशित: १८ वैशाख २०७६ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App