७ वैशाख २०८१ शुक्रबार
समाज

यी मजदुरः जसलाई आफ्नै दिवस पत्तो छैन

तेह्रथुम– मजदुरी गरेर परिवार पाल्नका लागि बाँके जिल्लाबाट तेह्रथुम आएका कृपारु थारुलाई अन्तराष्ट्रिय मजदुर दिवसबारे अत्तोपत्तो छैन्। उनलाई के दिवस, के सार्वजनिक विदा केहि मतलब छैन्। बरु उनलाई तिथि, मिति र घडीको पलाले झनै सताउँछ।

देशैभर विभिन्न कार्यक्रम गरि १३० औं अन्तराष्ट्रिय मजदुर दिवस मनाई रहँदा म्याङलुङ साब्ला खण्डको मध्यपहाडी लोकमार्गमा काम गर्ने कृपारु थारुजस्ता सयौं मजदुरलाई भने दिवसले छोएन। म्याङलुङ बजारदेखि खोरुङ्गा खोलासम्मका विभिन्न स्थानमा काम गर्ने मजदुरलाई आफ्नै अधिकारका लागि मनाइने दिवसले नछोएको हो।  उनीसँगै काम गर्ने संखुवासभा गुफाबजार बस्ने पासाङ तामाङले सरकारले दिएको सार्वजनिक विदाको बारेमा समेत आफुलाई थाहा नभएको उनले बताए। उनले भने 'काम गरेन भने परिवार पाल्न धौ धौ हुन्छ के को विदा।'

घर परिवार चलाउनका लागि रोजगारी खोज्दै विभिन्न जिल्लाबाट तेह्रथुम आएका सयौं मजदुरहरु अहिले कुनै उत्सव र चाडभन्दा पनि कामको चटारो लागेको छ। उनीहरुले धेरै भन्दा धेरै काम गरेर परिवार चलाउनका लागि पैसा कमाउनु नै आफ्नो जिम्मेवारी बोध भएको महसुश भएको संखुवासभा खादबारीबाट मध्यपहाडी लोकमार्गमा मजदुरी गर्न आएका बाबुराम कट्टेलले बताए। उनले भने ‘अब सरकारले विभिन्न चाड उत्सव घोषणा गरे पनि हामी गरिबलाई काम नगरी खान पुग्दैन। यस्तो चाड त नेताहरुले मनाउनु पर्ने रहेछ हामी मजदुरले त काम नगरि खान पुग्दैन्।’

सडक कालोपत्रे गरि सक्नुपर्ने भन्दै ठेकेदारले यो सडक खण्डमा अहिले १ सय ५० जना कामदार काम गरि रहेका छन्। सडक निर्माण कार्यमा ग्रेडर, रोलर, एक्साभेटर, भ्याकु लोडर, टिपर, पानी ट्याङ्की, क्रसर, ट्रक, ट्याक्टरलगायतका सम्पूर्ण उपकरण सञ्चालनका लागि यति धेरै मजदुर काम गरि रहेको इन्जिनियर विवेक पोखरेलले बताए। लोकमार्ग निर्माणका लागि हिमदुङ्ग एण्ड थोकर÷अश्रय निर्माण सेवा जेभीले ०७२ साल असोजदेखि काम गरिरहेको छ। म्याङलुङ्ग बसपार्कदेखि हलिमेलाको खोरुङ्गा खोलासम्म कालोपत्रे गर्नका लागि २९ करोडमा सम्झौता भएको निर्माण सेवाले जनाएको छ।

मजदुर दिवसको बारेमा जिल्लामा विभिन्न गैरसरकारी संस्थाहरुले कार्यक्रम चलाए पनि व्यवहारिक रुपमा ज्यालामै महिला पुरुष भनेर विभेद हुने गरेको मजदुरी गर्दै आएकी लालीगुँरास नगरपालिका–७ लसुने बस्ने महिला श्रमिक बिमला तामाङले गुनासो गरिन्। उनले भनिन् कामको हिसावमा यो काम महिलाले गर्ने यो काम पुरुषले गर्ने भनेर पुस्तौंदेखि विभेद हुँदै आएकाले व्यवहारिक रुपमा परिवर्तन हुन अझै समय लाग्छ।

प्रकाशित: १८ वैशाख २०७६ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App