coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

म्याग्दी– आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। देशैभरी मजदुरहरूले आफ्नो हक र अधिकारका लागि -यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीया कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बेनी–दरवाङ सडकखण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा सडक माथिबाट ढुङ्गासहित माटोको ढिस्को खसेर पुरिँदा उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बेनी म्याग्दीबाट गएको प्रहरीको टोली र स्थानीयवासीले स्काभेटरको प्रयोग गरी माटो पन्छाएर थारुको शवलाई बाहिर निकालेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १८ वैशाख २०७६ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App