coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

माइक्रोसँग ठोक्किएको मोटरसाइकल ट्रकमुनी छिरेपछि...

धादिङ– बुधबार धादिङ गल्छीस्थित पृथ्वी लोकमार्गमा मोटरसाइकल र बस दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

आज चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा९७ प २५३८ नम्बरको मोटरसाईकल काठमाण्डौबाट नवलपरासीतर्फ आउँदै गरेको  बा ४ ख ५१०३ नम्बरको माइक्रो बससँग ठक्कर खाएको थियो। ठक्करबाट मोटरसाइकल अनियन्त्रित भई चितवनबाट काठमाण्डौतर्फ जादै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकसँग ठोकिएको थियो।

दुर्घटनामा चन्द्रागिरी न.पा.५ काठमाण्डौ बस्ने वर्ष २९ को राज महर्जन र सोही ठाउँका ३० वर्षे कविकुमार महर्जनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थल मुचुल्का पश्चात पोष्टमार्टमका लागि दुवै शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।  
 

प्रकाशित: १८ वैशाख २०७६ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App